वैदेशिक रोजगारीका सबै सूचना र सेवा अब अनलाइनबाटै पाइने

news-details

श्रम¸ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी सम्वन्धी सबै सूचना र विवरण राख्न ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याउने भएको छ । उत्त, प्रणाली यही असोज १५ गतेदेखि कार्यान्वयनमा आउने मन्त्रालयले जानकारी दिएको छ ।

सहज¸ सुलभ र छरितो ढंगले गुणस्तरीय सेवा पु¥याउनका लागि एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको सुरुवात गर्न लागिएको बताउदै मन्त्रालयले वैदेशिक रोजगारीसँग सम्वन्धित सूचना तथा सेवा मन्त्रालयले सार्वजनिक गरेको मोवाइल एप्लिकेशन ‘वैदेशिक रोजगार’मार्फत पाउन सक्ने पनि जानकारी दिएको छ ।

‘सूचना र सेवालाई प्रविधिमैत्री ढंगले सहज¸ सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरु समक्ष पु¥याई वैदेशिक रोजगारलाई सुरक्षित¸ व्यवस्थित र मर्यादित बनाउनका लागि एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको हो’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भने– ‘यसले वैदेशिक रोजगारीको क्षेत्रमा पु¥याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी, पहुँचयोग्य हुनुका साथै गलत सूचनाको आधारमा हुन सक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पु¥याउनेछ ।’

एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अध्यागमन विभाग¸ पासपोर्ट विभाग¸ कन्सुलर सेवा विभाग¸ कुटनीतिक नियोगहरु¸ वैदेशिक रोजगार विभाग¸ वैदेशिक रोजगार व्यवसायी¸ अभिमुखीकरण तालिम प्रदायक संस्था¸ स्वास्थ्य परीक्षण गर्ने संस्था¸ बैंक¸ वीमा कम्पनी¸ सीप तथा तालिम प्रदायक संस्था¸ गन्तव्य देशका रोजगारदाता सम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरु उपलब्ध हुने र अनलाइन सेवा लिन दिन सकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय गरिने यस प्रणालीले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुनेहरु लगायतको तथ्यांक पनि राख्ने जानकारी दिइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *