लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा हंशराज वाग्ले निर्वाचित

news-details

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नवौ साधारणसभाले हंशराज वाग्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आज आइतबार भएको निर्वाचनमा निकटतम प्रतिद्धन्दि नरेन्द्र ढकाललाई १५ मतले पराजित गर्दै वाग्ले अध्यक्षमा निर्वाचित भएका हुन ।

आज भएको निर्वाचनमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका वाग्लेले ८८ मत प्राप्त गरेका थिए भने अध्यक्षका अर्का प्रत्याशी लोकतान्त्रिक फोरमका बरिक्ष्ठ उपाध्यक्ष समेत रहेका ढकालले ७३ मत प्राप्त गरे ।

बरिष्ठ उपाध्यक्षमा सुजित श्रेष्ठ र भागीरथ राईले समान ८१ मत प्राप्त गरेपछि भएको गोलाप्रथाबाट श्रेष्ठ बिजेता घोषित भए । सचिवमा पुष्पराज न्यौपाने ९७ मतसहित बिजयी भए, उनका प्रतिष्पर्धी जनक खडकाले ६५ मत पाए । यस्तै कोषाध्यक्षमा कमल काफ्लेले ११७ मत ल्याएर बिजयी हुदा उनका प्रतिष्पर्धी इन्द्र आचार्यले ४३ मत प्राप्त गरे ।

निर्विरोध निर्वाचित हुनेमा उपाध्यक्षमा किशोर कुमार केसी, महासचिवमा तारानाथ अर्याल, सहकोषाध्यक्षमा मन्सुन काजी क्षेत्री तथा सदस्यहरुमा सन्जय पनेरु, मेघनाथ भुर्तेल, हेमा गुरुङ, कृष्ण कुमार जैसी, प्रकाश बोहरा, बाबुलाल मगर (नरेन्द्र), कर्णराज कटुवाल, शिशिर विष्ट, देबकुमार गोर्खाली र शैलेश कार्की रहेका छन् ।

गत शुक्रबार सम्पन्न साधारणसभाको अन्तिम समयसम्म निर्विरोध कार्यसमिति चयनको प्रयत्न असफल भएपकाछि नयाँ कार्यसमितिको निर्वाचन २ दिन सारेर आज गरिएको थियो । तथापी यसबीचमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, सचिव र कोषाध्यक्षबाहेक बाकि कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।

अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सफल फोरमले पहिलो पटक अहिले कार्यसमिति चयनका लागि निर्वाचन गरेको हो । शुक्रबार नै किरणकिशोर घिमिरेको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयनका लागि लगभग सहमति जुटिसकेको अवस्थामा केहि व्यवसायीहरुको असहमतिका कारण निर्वाचन भएको थियो ।

अधिकांश व्यवसायीहरुले वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा संकट आएको बेला तथा प्रजातान्त्रिक शक्ति देशका हरेक क्षेत्रमा पछि परिरहेको वर्तमान परिवेशमा अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन गरिरहेको संस्था लोकतान्त्रिक फोरमको नेतृत्व प्रतिष्पर्धामा उत्रदा खिन्न मानेको देखियो । यसैकारण होला कुल ३६५ सदस्य रहेको संस्थाको निर्वाचनमा जम्मा १६६ मत मात्र खस्यो ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित २१ सदस्यीय कार्यसमिति रहने फोरम कार्यसमितिमा ४ सदस्य भने निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ ।

‘मैले सहमतिका लागि दावेदारी नै छाडेको थिए तर साथीहरुले सहमति होइन निर्वाचनमा रहर गरेकाले सधै सहमति हुने हाम्रो संस्थामा पहिलो पटक प्रतिष्पर्धा भयो’ निर्वाचित भएलगत्तै नवनिर्वाचित अध्यष वाग्लेले यस्तो प्रतिक्रिया दिदै भने- ‘वैदेशिक रोजगार व्यवसाय माथिको अहिलेको प्रहार रोक्न जस्तासुकै अस्त्र प्रयोग अब हामिले गर्नु छ यसैले फर्किएर म यसमा काबिल देखाउन र यसअघि माया गर्ने सम्पूर्ण व्यवसायीहरुको रिन तिर्न अघि सरेको हु’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *