मलेसियामा कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि, नेपाली पनि लाभान्वित हुने

news-details

मलेसियाले आफ्नो मुलुकमा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट पारिश्रामिक वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यो निर्णय लागू भएमा मलेसियामा कार्यरत लाखौ नेपाली लाभान्वित हुनेछन । बृद्धि गरिएको पारिश्रामिक लागू भएमा यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५० रिंगिट पाउनेछन् । अहिले मलेसियामा कार्यरत नेपालीको न्यूनतम पारिश्रमिक मासिक १ हजार रिंगिट छ ।

यहाँका सेवा, निर्माण, उत्पादन, कृषि, सुरक्षा लगायत विभिन्न रोजगारी क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *