लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा नयाँ नेतृत्वको रस्साकस्सी

सर्बसम्मत नेतृत्व ल्याउछौ : गैरे
news-details

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नवौ साधारणसभा र त्यसपछि हुने नयाँ नेतृत्व चयनको विषयले अहिले सरगर्मी बढाएको छ । काठमाडौको अनुपम फुडल्याण्डमा यही भदौ २१ मा हुन गैरहेको हुन लागेको साधारणसभा अगावै भावि नेतृत्वका लागि रस्साकस्सी बढेको हो ।

वैदेशिक रोजगार व्यवसायीहरुको संस्थाहरुमध्ये धेरै सदस्य संख्या रहेको दावि गर्ने नेपाली कांग्रेसको सुभेच्छुक संस्था लोकतान्त्रिक फोरमका आधिकारिक उम्मेदवारले व्यवसायीहरुको साझा संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा पनि अधिकांश समय कार्यसमितिमा आधिपत्यता जमाउदा पनि संघको नेतृत्व भन्दा फोरमको नेतृत्व चयनमा बढता सकस देखिएको छ ।

आफ्नो आधिपतित्व हुदाहुदै पनि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बर्तमान कार्यसमिति चयनका क्रममा नराम्रो पराजय भोग्न पुगेको फोरममा नेतृत्वका लागि आकांक्षि बढेपछि अहिले वर्तमान नेतृत्व, पूर्वअध्यक्षहरु, सल्लाहकारहरु तथा अग्रज व्यवसायीहरु यसपटकको कार्यसमिति निर्विरोध चयन गर्न जुटेका छन् ।

‘हामी सकभर वर्तमान परिस्थितिमा एकताको सन्देश दिन चाहन्छौ, यसैका लागि दिनरात सहमति र निर्विरोध नेतृत्व चयनमा लागिपरेका छौ’ फोरमका अध्यक्ष विष्णु प्रसाद गैरेले रोजगारमञ्चसँगको कुराकानीमा भने–‘जसरी हुन्छ हामी यो पटक समावेशी, भौगोलीक, जातिय र कार्यदक्षता भएका सक्षम नेतृत्व चयन गर्नेमा ढुक्क छौ ।’

अध्यक्ष गैरेले बर्तमान वैदेशिक रोजगार व्यवसायको अवस्था र व्यवसायीहरुलाई पारिएको संकटका विषयमा पनि अब चुप लागेर बस्न नसकिने बताउँदै अब फोरम नेतृत्व यसका लागि लडने बताए ।

पछिल्लो समय वैदेशिक रोजगार व्यवसायको क्षेत्र नै धरापमा परिरहेको अवस्थामा लोकतान्त्रिक फोरम यो संकटमा लडन तयार हुनुपर्ने बताउदै फोरमका सचिव भवानी निरौला भन्छन ‘हामी फुटदा र नमिल्दा के हुन्छ आम व्यवसायीहरुले भोगिरहनुभएको छ, अब सक्षम नेतृत्व आउछ जसले तपाई–हामी एकबद्ध बनाउछ र त्यसका लागि हामी तयार र विस्वस्थ छौ ।’

‘अब हामी व्यवसायी हकहित र व्यवसायीक सुरक्षाका लागि चुप बसिरहने हो भने यसैगरी राज्यले पेलिरहन्छ’ सचिव निरौला भन्छन, ‘अरु चुप लागे पनि हामी फोरमका पदाधिकारीहरु लडछौ, हामी सधैव लडाकु बन्न तयार छौ ।’

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित २१ सदस्यीय कार्यसमिति रहने फोरम कार्यसमितिमा ४ सदस्य भने निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *