अभिमूखिकरण व्यवसायी महासंघको अध्यक्षमा राजाराम गौतम निर्वाचित

news-details

वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई २ दिने अभिमूखिकरण तालिम दिदै आएका तालिम प्रदायक संस्थाहरुको साझा संस्था नेपाल वैदेशिक रोजगार अभिमूखिकरण व्यवसायी महासंघको छैटौ साधारणसभाले राजाराम गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा त्रिपक्षिय प्रतिष्पर्धा भएकोमा गौतम ४५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी रविन्द्र आचार्यले १९ र सुर्यबहादुर कार्की (शेरोम)ले १६ मत प्राप्त गरेका थिए । कुल ८३ वटा संस्था मतदाता भएकोमा निर्वाचनमा ८२ मत खसेको र २ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत अम्बर राउतले जानकारी दिए ।

अध्यक्ष पदका लागि चुनावी प्रतिष्पर्धा भएपनि बाकि कार्यसमिति भने निर्विरोध चयन भएको थियो ।

जस अनुसार उपाध्यक्षमा कल्पना पाण्डे र सन्तोष मादेन, महासचिवमा टुनुकाजी पौडेल, सचिवमा शान्ता गौतम (प्रदिप), कोषाध्यक्षमा गायत्री जिसी श्रेष्ठ तथा कार्यसमिति सदस्यहरुमा रामसली लामा, मनोजकुमार चौधरी, श्वेता तिमिल्सिना, लक्ष्मीप्रसाद लामिछाने, ऋषि भट्टराई, शिवहरी मैनाली (शितल), किसनकुमार लामा, उद्धवप्रसाद सापकोटा, माया आचार्य जोशी, नारायणप्रसाद अधिकारी, सुनिल श्रेष्ठ, आनन्दकुमार यादब, प्रकाश कार्की, उत्तम गौतम र डिल्लीराज भट्ट निर्वाचित भएका हुन ।

निर्वाचित भएलगत्तै नवनिर्वाचित अध्यक्ष राजाराम गौतमले अभिमूखिकरण व्यवसायलाई थप व्यवस्थित तथा मर्यादित बनाउदै लैजान र व्यवसायीक हकहितका सवालमा आफुहरु प्रतिवद्ध भएर लाग्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *