निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने सरकारको तयारी

news-details

काठमाडौं । सरकारले निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने तयारी गरेको छ । निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पुर्‍याउने सरकारले तयारी गरेको हो ।

विभिन्न मन्त्रालयका सचिवहरू पाँचवर्षे कार्यकाल पूरा नहुँदै उमेरहदका कारण अवकाश पाउने क्रममा रहेका कारण सरकारले उमेरहद बढाउने भएको हो । हाल कानुन मन्त्रालयमा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदा संशोधनमार्फत कर्मचारीको उमेरहद बढाउने प्रक्रिया अघि बढाइएको छ । उक्त मस्यौदामा पनि कर्मचारीको उमेरहद ५८ बाट बढाएर ६० पुर्‍याइने प्रावधान राखिएको छ ।

विगतमा उमेरहद बढाउन नहुने पक्षमा देखिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसमेत यसपालि उमेरहद बढाउने पक्षमा लचिलो देखिएका छन् ।

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव र त्यसबीचमा उमेरहदका कारण काम प्रभावकारी हुन नसकेपछि सरकारले उमेर हद बढाउन बाध्य भएको कानून र संघीय मामिला मन्त्रालयको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *