बंगलादेशजस्तै मलेसियाले नेपालसँग सम्झौता गर्ने :प्रधानमन्त्री महाथिर

news-details

मलेसिया सरकारले नेपाली कामदार लिने प्रक्रियामा बंगलादेशको जस्तै सम्झौता गर्ने जनाएको छ । मलेसियाले नयाँ व्यवस्था लागू गर्ने तर हाल भएको सिस्टम कुनै पनि परिवर्तन नहुने संकेत देखाएको छ ।

मङ्गलबार मलेसियाको पुत्राजयमा प्रधानमन्त्री महाथिर मोहम्मदले विदेशी कामदारसम्बन्धी बैठकको अध्यक्षता गर्दै सरकारले जीटुजी व्यवस्था गर्नका लागि नेपालसँग सम्झौता हुने तर कुनै व्यवस्था परिवर्तन नहुने बताएका हुन् । गृह, मानवसंसाधान मन्त्रालयका मन्त्री तथा प्रतिनिधिसहितको बैठकमा मलेसियाले बङ्गलादेशमा जस्तै जीटुजी व्यवस्था गर्ने र बङ्गलादेशमै भएजस्तो हुने बैठकपछिको पत्रकारसम्मेलनमा प्रधानमन्त्री महाथिरले बताएका छन् । ‘सरकारले चाँडै नै नेपाल सरकारसँग कामदारका विषयमा एक समझदारी पत्रमा हस्ताक्षर गर्छ, नेपालसँग बङ्गलादेशमा जस्तै हामीले जीटुजी सम्झौता गर्न खोजिरहेका छौं तर सिष्टम एउटै हुन्छ,’ उनले भने ।

मलेसिया र बंगलादेशको जीटुजी सम्झौतामा टिकट कामदारले नै लिनुपर्ने व्यवस्था छ । सरकारले विभिन्न देशबाट विदेशी कामदार ल्याउनका लागि एकद्वार प्रणाली लागू गर्छ, प्रधानमन्त्रीले भने । बैठकमा अध्यागमन, केडिएन र गृहमन्त्रालयका अधिकारीले ५७ देशमा लागू भएको सिष्टम परिवर्तन गर्न समस्या हुने भएकाले सुरक्षाका लागि एउटै सिष्टम सबै देशमा लागू हुनुको विकल्प नरहेको बताएका थिए । महाथिरले बैठकपछि बङ्गलादेशका १० म्यानपावरले मात्र मलेसिया पठाउन पाउने प्रावधान परिवर्तन भई अब बङ्गलादेशका सबै म्यानपावरले मलेसिया कामदार पठाउन सक्ने जानकारीसमेत दिए । १० ओटा म्यानपावरले गर्दा एकाधिकार भएर २० हजार रिंगेटसम्म लिने गरेपछि सबै म्यानपावरलाई फुकुवा गरेको उनले बताए ।

सरकारले विदेशी कामदारको जानकारी र विश्लेषण गर्न सरकार र विज्ञसहितको एउटा स्वतन्त्र कार्यदल पनि बनाउने महाथिरले जनाएका छन् । नेपालले भीएलएन, जीएसजी , वान स्टेप सेन्टर,बायोमेट्रिक र माइग्राम्स खारेज नगरेसम्म कामदार नपठाउने भनेपछि विगत तीन महिनादेखि नेपालबाट मलेसियामा कामदार गएका छैनन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *