मेनपावरको धरौटी २ करोड बनाउन मन्त्री विष्ट समक्ष संघकै प्रस्ताव

news-details

सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै मेनपावर कम्पनीको धरौटी बढाउने अडान लिएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नै २ करोड पु¥याउन सुझाव दिएको छ ।

संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई सोमबार भेटि मेनपावर कम्पनी संचालन गर्नका लागि १ करोड नगद र १ करोड बैंक ग्यारेण्टि गरि २ करोडसम्म धरौटी राख्न सकिने प्रस्ताव गरेको हो ।

अहिले मेनपावर कम्पनी संचालन गर्नका लागि ७ लाख नगद र २३ लाख बैंक ग्यारेण्टि राख्ने व्यवस्था छ । संघले नै धरौटी बढाउने प्रस्ताव सरकार समक्ष लैजादा अधिकांश मेनपावर व्यवसायीहरु भने रुष्ट भएका छन् ।

गत हप्ता मात्र संघले व्यवसायी भेला आयोजना गरेर धरौटी बृद्धि भए सरकारलाई नै लाइसेन्स बुझाउने निर्णय गरेको थियो ।

संघका अध्यक्ष रोहन गुरुङसहित व्यवसायीहरुको समूहले मन्त्री विष्टलाई धरौटीमा राखिएको पैसाको व्याज मेनपावर कम्पनीको खातामा पाउने व्यवस्था गर्न, मेनपावर कम्पनीहरु मर्ज गर्न मिल्ने व्यवस्था गर्न, थप धरौटी राख्न १ वर्षको समय व्यवस्था गर्नसमेत प्रस्ताव गरेको छ ।

त्यसैगरी संघले मेनपावर कम्पनीले सेवाशुल्क वापत १ महिना बराबरको तलब लिन पाउने व्यवस्था गर्नसमेत माग गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *