विदेशबाट फर्किएका नेपाली संगठित, अधिकारीको नेतृत्वमा खुल्यो ‘रिटर्नी माइग्रेन्ट नेपाल’

news-details

विदेशमा काम गरी स्वदेश फर्किएका नेपाली युवाहरु संगठित हुन थालेका छन् । विदेशमा हाँसिल गरेको सीप, अनुभव र पूँजीलाई स्वदेशमा लगाउने उदेश्यले उत्तम अधिकारीको अध्यक्षतामा ‘रिटर्नी माइग्रेन्ट नेपाल’ संस्था स्थापना भएको छ ।

स्वदेशमा सामाजिक कार्य गर्नका लागि तथा विदेशबाट काम गरी स्वदेश फर्किएकाहरुका लागि सहजताका लागि विभिन्न कार्य गर्न संगठित भएको राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।

वैदेशिक रोजगारबाट फर्किएका लागि स्वदेशमा काम प्रेरित गर्ने, पुनः वैदेशिक रोजगारमा जाने बाध्यता हटाउन तालिम, परामर्श तथा बजार व्यवस्थापन प्रदान गर्ने, पुन विदेश नफर्किने कामदारको तथ्यांक संकलन गर्ने, जनचेनता तथा परामर्शका कार्यक्रम संचालन गर्ने जस्ता उदेश्य संस्थाले लिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

विदेशबाट फर्किएहरुलाई राज्यले विशेष प्राथमिकता दिनु पर्ने र लगानीको वातावरण बनाइ दिनु पर्ने पनि उीहरुले आवाज उठाएका छन् । ‘विदेशबाट फर्किएपछि पुन वैदेशिक रोजगारमा जानु पर्ने बाध्यताको अन्त्य होस्’ उनीहरुको भनाई छ ।

रिटर्नी माइग्रेन्ट नेपालको उपाध्यक्षमा पुरनबहादुर आचार्य, महासचिव लक्ष्मीप्रसाद आचार्य, सचिव कृष्णकुमार न्यौपाने, कोषाध्यक्ष काशीराम ढुंगाना रहेका छन् । त्यसैगरी सदस्यहरुमा अजिता ठकुरी, गौरी पराजुली, सिता भूर्तेल, दामोदर नेपाल, दिनेश लुईटेल, जाहरसिंह लामा, ऋषिराम बस्याल, रामशरण बानियाँ, चन्द्रकुमार महतारा, दिनेश आचार्य र दामोदार दाहाल रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *