वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कार्यकारी निर्देशकमा श्रेष्ठ

आजैबाट कार्यभार सम्हाल्ने
news-details

सरकारले वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कार्यकारी निर्देशकमा राजन कक्षपति श्रेष्ठलाई नियुक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा गठित सिफारिश समितिको सिफारिशमा साउन २० गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठको आज बुधबार नै नियुक्तिपत्र तयार भैसक्ने र आजबाटै कार्यभार सम्हाल्ने छन ।

बोर्डको कार्यकारी निर्देशकको लागि ५ जनाले आवेदन दिएका थिए । प्रतिष्पर्धामा सबैलाई पछि पार्दै श्रेष्ठ कार्यकारी निर्देशक बनेका हुन । श्रेष्ठ यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको संचालित सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम अधिकृत रहेका थिए ।

मन्त्रालयले कार्यकारी निर्देशकका लागि स्नातक तह उत्तीर्ण गरी सरकारी या गैरसरकारी क्षेत्रमा १० वर्ष काम गरी अनुभव हासिल गरेको व्यक्तिबाट आवेदन आह्वान गरेको थियो । कार्यकारी निर्देशकका लागि तत्कालीन कार्यकारी निर्देशक रघुराज काफ्लेसहित, राजन कक्षपति श्रेष्ठ, डा. द्वारिका उप्रेती, डा. विष्णु भट्टराई र निर्मल उप्रेतीले आवेदन दिएका थिए ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ अनुसार गठित बोर्डलाई वैदेशिक रोजगार व्यवसायलाई प्रबद्र्धन गर्ने र उक्त व्यवसायलाई सुरक्षित, व्यवस्थित र मयार्दित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण गर्ने जिम्मेवारी रहेको छ ।

श्रम तथा रोजगार मन्त्री अध्यक्ष रहने बोर्डमा विभिन्न मन्त्रालयका सहसचिव सहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, आधिकारीक ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञको प्रतिनिधित्व हुने व्यवस्था छ । यसअघि कार्यकारी निर्देशक रहेका रघुराज काफ्ले कार्यभार पूरा गरी तीन महिना अघि विदा भएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *