कोरियामा कामदारको कोटा बढाउन र आफन्तलाई भेटन दिने व्यवस्था मिलाउन श्रममन्त्री विष्टको आग्रह

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दक्षिण कोरियाले लिदै आएको कामदारको कोटा बढाउन र त्यहाँ कार्यरत नेपालीका आफन्तलाई कोरियामै गएर भेटन पाउने व्यवस्था मिलाउन कोरिया सरकारलाई आग्रह गरेका छन् । नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योंगसिकसँग भएको भेटवार्तामार्फत मन्त्री विष्टले यो आग्रह गरेका हुन ।

उनले नेपाली युवाहरुको लागि दक्षिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेकोले नेपाललाई दिदै आएको कामदारहरुको कोटाको संख्या थप गर्न राजदूत योंगसिकमार्फत कोरिया सरकारलाई सन्देश पठाएका हुन ।

साथै मन्त्री विष्टले कोरियामा रहेका नेपाली कामदारहरुमा पछिल्लो समय देखापरेको मानसिक समस्या र आत्महत्याको समस्याको न्यूनिकरण गर्नका लागि कामदारका आफन्तलाई कोरियामै गएर भेटघाटको अवसर प्रदान गर्न पनि आग्रह गरेका थिए ।

यता राजदुत योंगसिकले नेपाली कामदार ईमान्दार र मिहेनती भएकोले कामदारको संख्या थप गर्नका साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने कुरा बताए । उनले कामदारको आफन्तलाई कोरियामा भेटघाट गर्न जाने अवसर पनि मिलाईसकिएको जानकारी दिदै केहि कामदारका आफन्तहरुले यो अवसर उपयोग गरिसकेको पनि मन्त्री विष्टलाई बताए ।

सो अवसरमा वैंकिङ्ग माध्यमबाट विप्रेषणलाई स्वदेशमा ल्याउने प्रतिस्पर्धाको माध्यमबाट सुलभ दरमा कामदारहरुलाई हवाई सेवा प्रदान गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *