मेनपावर कम्पनीहरुमा छापा हान्दै वैदेशिक रोजगार विभाग

news-details

वैदेशिक रोजगार विभागले कतिपय मेनपावरमा उजुरीका आधारमा छापा तथा अनुगमन गर्न थालेपनि आफ्नो नियमित कार्य अन्तर्गत मेनपावर कम्पनी माथिको अनुगमनलाई तिब्रता दिएको छ । सो क्रममा गल्ति भेटिए कडा कारवाही गरिने पनि विभाग स्रोतले जानकारी दिएको छ ।

विभागले केहि दिनयता मेनपावर कम्पनीको अनुगमनलाई तिब्रता दिएको हो । विभागका शाखा अधिकृत अर्जुन खतिवडाको नेतृत्वमा मेनपावर कम्पनीको अनुगमन थालिएको विभाग स्रोतले जानकारी दिएको छ ।

वैदेशिक रोजगार विभाग बुद्धनगरबाट खटिएको अनुगमन टोलीमा सुरक्षा निकायको पनि सहभागिता रहेको छ । आज मंगलबार पनि विभिन्न मेनपावर कम्पनीको अनुगमनका लागि टोली खटिएको छ ।

हिजो सोमबार पनि उजुरीको आधारमा बढी पैसा लिएको भन्दै विभागको टोलीले वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेर काजजात नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय मेनपावर व्यवसायीहरुले फ्री भिसा फ्री टिकटमा कामदार पठाउन नसकिने गुनासो गरिरहदा विभागले थालेको अनुगमनले सबै व्यवसायीहरु त्रसिद बनेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *