सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक, २०८५ सम्ममा मुलुकलाई बालश्रम मुक्त बनाइने

news-details

सरकारले सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक लगाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले सोमबारबाट लागू हुने गरी सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक लगाउन कडा निर्देशन दिइएको जानकारी दिए।

मन्त्री विष्टले सिंहदरबार भित्रै बालश्रमको प्रयोग भइरहेको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा आफूले बालश्रम प्रयोगमा प्रतिबन्ध गराउन कडा निर्देशन दिनु परेको जनाए। मन्त्री विष्टले सिंहदरबार भित्र बालश्रम भएको पाइए कडा कार्वाही गर्ने चेतावनी दिए ।

सरकार व्यवहारिक रुपमा नै वाल श्रममुक्त देश बनाउने अभियानमा लागेको बताउदै मन्त्री विष्टले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि सरकारले बिक्रम सम्वन २०८५ सम्ममा वाल श्रम मुक्त राष्ट्र बनाउने अभियानमा रहेको प्रष्याए । उनले अहिले सरकारले १० बर्षे गुरुयोजना नै बनाएर बालश्रम मुक्त राष्ट्र बनाउन लागि परेको बताए ।

पत्रकार सम्मेलनमा नेपाल इट्टाभट्टा महासंघका अध्यक्ष महेन्द्रवहादुर चित्रकारले आफूहरुले देशभरका इट्टा भट्टावाट बालश्रम उन्मुलन गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपालभर झण्डै एक हजार एक सय आधुनिक इट्टा भट्टाहरु रहेको तथ्याकंले देखाएको छ । जस्मा ३ लाख बढी बाल श्रमिकहरु रहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *