यूएईले अवैध कामदारलाई दिने भयो घरफिर्ति या वैध बन्ने अवसर

news-details

यूएई सरकारले आफ्नो देशमा अवैध रुपमा बसिरहेका आप्रवासी नागरिकहरुलाई स्वदेश फर्कने वा भिसा लिएर वैधानिक बन्ने अवसर दिने भएको छ । यसले युएईमा अवैधरुपमा काम गरिरहेका हजारौ नेपाली पनि लाभान्वित हुने भएका छन् ।

आगामी अगष्ट १ तारिखदेखि लागू हुने गरी यूएई सरकारले एम्नेष्टी जारी गर्ने बताएको छ । इमिरेट्स आइडी अथोरिटी विभागका उच्च अधिकारी ब्रिगेडिएर साहिदबाट जुलाई २३ तारिखमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो ।

उनका अनुसार अवैध कामदारले वैध हुने वा विना जरिवाना आफ्नो देश फर्किन पाउने छन् ।

भिसा वा पासपोर्टको म्याद सकिएका अवैध कामदारले न्यूनतम पाँच सय दिराम तिरेर कुनै पनि कम्पनी वा व्यक्तिगत रुपमा भिसा लिएर काम गर्न वा यूएईमै बसोबास गर्न पाउनेछन् ।

यस्तै, आफ्नो देश फिर्ता हुन चाहेमा कुनै जरिवाना तिर्नुपर्ने छैन ।

साहिदका अनुसार यो सुविधा लिएर आफ्नो देश जाने जोकोही भविस्यमा पुनः यूएई आउन पाउने छन् ।

उनीहरुलाई यूएईमा काम गर्न वा घुम्न कुनै प्रतिबन्ध लाग्ने छैन । कामदार भिसामा रहेकाले मात्रै यो सुविधा पाउने छन् ।

यो सुविधा अगष्ट १ देखि अक्टोबर ३१ सम्म रहने छ ।

All you need to know about the three-month General Amnesty starting on August 1 in the UAE.

Posted by Khaleej Times on Monday, July 23, 2018

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *