सन् २०२२ को विश्वकपका लागि सुरक्षा गार्ड दिन कतारको आग्रह

news-details

सन् २०२२ मा कतारमा हुने २२ औं विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली सुरक्षा गार्ड लैजान कतार सरकारले नेपाललाई आग्रह गरेको छ ।

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले मंगलवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भएको शिष्टाचार भेटवार्तामा आगामी विश्वकपमा सुरक्षा प्रदान गर्न नेपालबाट सुरक्षा गार्ड लैजाने प्रस्ताव गरेका हुन् ।

गृहमन्त्री बादलसँगको भेटमा राजदूत महोम्मदले नेपालबाट ठूलो संख्यामा सुरक्षा गार्ड लैजान तयार भएकाले त्यसका लागि छुट्टै सम्झौता गर्नु परेपनि आफूहरु तयार रहेको समेत बताए ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले कतारमा नेपाली कामदारहरुले पाउने सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदुतसँग जिज्ञासा राखेका थिए । भेटमा गृहमन्त्री थापाले सुरक्षासहित अन्य क्षेत्रमा पनि दुई देशबीच सहकार्यका लागि अग्रह गरे ।

राजदुत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *