दक्षिण कोरियामा कामदारको तलब बढ्यो, नेपाली पनि लाभान्वित हुने

news-details

दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको हो ।

यो निर्णय ईपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुनेछ । योसँगै कामदारको तलब प्रति घण्टा ८३५० कोरियन वोन अर्थात दैनिक आठ घण्टा काम गरेपछि कामदारको महिनाको न्यूनतम तलब नेपाली १ लाख ६८ हजार बराबर हुनेछ ।

सन् २०१९ का लागि तय गरिएको न्यूनतम ज्याला वर्तमान राष्ट्रपति मून जेइनले राष्ट्रपति निर्वाचन ताका गरेको प्रतिबद्धता अनुरुप भएको समाचारमा जनाइएको छ ।

यो निर्णयले कोरियामा ४० हजार बढी नेपाली लाभान्वित हुने भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *