मजदुरको न्यूनतम पारिश्रामिकमा बृद्धि, साउनदेखि १३ हजार ४५० निर्धारण

news-details

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मजदुरको न्यूनतम तलव १३ हजार ४५० रुपैयाँ निर्धारण गरेको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस अनुसार मन्त्रालयले यो निर्णय गरेको हो । यसअघि मजदुरको न्यूनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी यो व्यवस्था लागू गरिएको घोषणा गरेको हो । यस्तै नयाँ व्यवस्था अनुसार न्यूनतम दैनिक ज्याला रु ५ सय १७ र प्रति घण्टा रु ७० निर्धारण भएको छ । यस्तै सामाजिक सुरक्षा ऐन अनुसारका सुविधा समेत जोड्दा मजदुरको तलब झण्डै १६ हजार पुग्नेछ ।

यसका अलवा श्रमिकले पाउने चाडपर्व खर्च, विदा वापतको भूक्तानी, सुत्केरी खर्च, स्वास्थ्य एवं दुर्घटना वीमा वापतको रकममा समेत बृद्धि हुने जानकारी दिदै श्रम मन्त्रालयले झण्डै ३९ प्रतिशतले न्यूनतम पारिश्रामिकमा बृद्धि गरिएको र यो हालसम्मकै उच्च बृद्धिदर रहेको जानकारी दियो ।

यस्तै सरकारले मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *