नेपाल टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दा: सुनिल पौडेल सहित १८ जनाले पाए सफाइ
- असार २५, २०८३
- 0
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार मुद्दा लागेका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल सहित १८ जनाले नै सफाइ पाएका छन्।
बिहीबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले उक्त मुद्दा लागेका सबैलाई सफाइ दिएको हो।
नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगीता अर्याल, प्रतिभा वैध, राजेन्द्र श्रेष्ठ लगायत १८ जनाले सफाइ पाएका हुन्।
उनीहरूले नेपाल टेलिकमलाई गैरकानुनी हानी नोक्सानी पुर्याउने वा आफूलाई लाभ पुर्याउने वदनियत काम गरेको पुष्टि नभएको अदालतको भनाइ छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८२ जेठ २५ गते सुनिल पौडेल सहित १८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले १८ जनाविरूद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो।
0 प्रतिक्रिया
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]










