आयल निगमको दाबी– पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो
- असार १७, २०८३
- 0
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरले पम्पमा तेलको मौज्दात कम भएका कारण केही समस्या देखिएको र अहिले समस्या समाधान भइसकेको बताएका हुन् ।
‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर मागअनुसार तेल गइसकेको छ, कतिपयमा पुगिसके, कतिपयमा पुग्ने क्रममा छ’, ठाकुरले भने, ‘पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ, अहिले कुनै समस्या छैन ।’
उपत्यकासहित प्रमुख सहरका पम्पमा एक्कासी उपभोक्ताको चाप बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो ।
काठमाडौं उपत्यकाका पम्पहरुले आज निगमको थानकोटस्थित डिपोबाट १३ लाख लिटर डिजेल र १३ लाख लिटर पेट्रोल उठाएको प्रवक्ता ठाकुरले जानकारी दिए । उपत्यकामा १३० भन्दा बढी पम्प रहेका छन् ।
0 प्रतिक्रिया
दसैंको मुखमा मुगुको पुलु खाद्य डिपो रित्तियो, बजारकै महँगो चामल किन्नुपर्ने बाध्यता

हेमन्त केसी, सुर्खेत । दसैं नजिकिँदै गर्दा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो चामलविहीन भएको […]
पुनर्निर्माण र पूर्वाधार लगानीका लागि अमेरिकी स्रोत खोज्दै अर्थमन्त्री वाग्ले

काठमाडौं । भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने र नेपालका सडक तथा विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी […]
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने

काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी […]
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार)बाट काठमाडौंको खुलामञ्चमा शुरू हुँदैछ । महाधिवेशन आज दिउँसो २ बजे कांग्रेसको १५औँ […]
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]










