राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार
- असार २, २०८३
- 0
राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ सिउरेनीटारमा शाखा कार्यालय सिउरेनीटार असार १ गते देखि सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी बैंकले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको सिंजा गाउँपालिका वडा नं ३ नराकोटमा शाखा कार्यालय सिंजा गत जेठ २६ गते देखि सञ्चालनमा ल्याएको थियो ।
उपरोक्त शाखाहरु सञ्चालनमा आएसंगै राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या ३१६ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।
0 प्रतिक्रिया
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]










