‘डोरस्टेप्स् नेपाल एप’ सार्वजनिक : नेपालमा घरमै १०० भन्दा बढी सेवा उपलब्ध गराउने शक्तिशाली डिजिटल प्लेटफर्म
- बैशाख ८, २०८३
- 0
काठमाडौं, नेपाल —नेपाली उपभोक्ता र सेवा–प्रदायकलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यले तयार गरिएको ‘डोरस्टेप्स् नेपाल एप’ (Doorsteps Nepal App) आज औपचारिक रूपमा सार्वजनिक गरिएको छ। दैनिक जीवनमा आवश्यक पर्ने घर तथा अफिसका सेवा अब मोबाइल एपबाट सहज रूपमा अर्डर गर्न सकिने भएपछि नेपाली डिजिटल सेवा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
डोरस्टेप्स् नेपाल एप टिमका अनुसार यो एपले ग्राहक—सेवा प्रदायक—प्रविधि को बीचमा एउटै ‘सफ्ट डिजिटल पुल’ को रूपमा काम गर्नेछ, जसले नेपाली सीप र ग्राहकको आवश्यकता बीच प्रत्यक्ष कनेक्सन स्थापित गर्नेछ।
डोरस्टेप्स् नेपाल एपका प्रतिनिधिहरू मदन न्यौपाने, विष्णु पौडेल तथा रिजन अधिकारीले एप लॉन्चको अवसरमा भने: “हामीले डोरस्टेप्स् नेपाल एप जारी गर्नुको लक्ष्य केवल एउटा एप बनाउनु थिएन। हाम्रो उद्देश्य नेपालभर छरिएका सीपवान पुरुष, महिला, प्राविधिक तथा साना व्यवसायीहरूलाई डिजिटल अवसरसँग जोड्नु हो। हिजो ‘काम खोज्न हिँड्नु’ पर्ने अवस्था थियो तर अब ‘काम आफैँ मोबाइलमा आउने’ व्यवस्था हामीले बनाईसकेका छौँ।”
उनले थपे: “ग्राहकले गुणस्तरीय सेवा पाउनुहोस, सेवाप्रदायकले सम्मानित आयस्रोत पाउनुहोस —यही हाम्रो यात्रा हो। यो एप नेपालकै लागि, नेपालकै सीपका लागि बनाइएको एक डिजिटल समाधान हो।”
ऐप सार्वजनिक भएसँगै कम्पनीले देशभर रहेका शिपयुक्त सेवा–प्रदायक लाई तपाई को सिप तपाई को आम्दानी भन्ने नारा का साथ (सेवा–प्रदायक जस्तै : Technicians, Beauticians, Electricians, Plumbers, Painters,Makeup Artists,House workers, Photographers, Videographers, Band baja Services, Computer, Mobile, TV, Camera, Teachers & Trainers, IT and Digital Services आदिलाई) निःशुल्क दर्ता खुला गरेको छ।
दर्ता गरेपछि सेवाप्रदायकले आफ्नो प्रोफाइल, अनुभव, मूल्य, आफुले काम गर्ने ठाउँ, कार्य समय अपडेट गर्न पाउनेछन् जसले ग्राहकबीच विश्वसनीयता बढाउने कम्पनीको दाबी छ।
एकै एपमा १०० भन्दा बढी सेवा
Doorsteps Nepal App ले सुरुवाती संस्करणमै १००+ घरेलु, व्यक्तिगत तथा प्राविधिक सेवा समेटेको छ, जुन नेपालमा उपलब्ध पहिलो विस्तृत एकीकृत प्लेटफर्म मानिन्छ।
यसमा समावेश सेवाहरू :
-AC/फ्रिज/वासिङ मेसिन/गिजर/किचनका सामानहरू मर्मत
– इलेक्ट्रिकल,प्लम्बिङ, पैन्टिङ
– ब्यूटी, मेकअप, हेयर तथा स्किन केयर, हेयर स्टाइलिङ( मिहला तथा पुरुष home salon)
– इभेन्ट–फोटोग्राफी–भिडियोग्राफी
– सिकर्मी तथा फर्निचर मिस्त्री
– टाइम मार्बल तथा निर्माण सम्बन्धी काम
– घरासी कामदार, घर–अफिस सफाइ
-साना–ठूला निर्माण तथा रेनोभेशन
– ब्यान्ड बाजा सेवाहरू
– Drivers, flat shifters
– मोबाइल, कम्प्युटर ,ल्यापटप,टिभी ,क्यामेरा मर्मत
– सबै प्रकारका टिचर तथा ट्रेनर
-IT digital का सम्पूर्ण सर्भिसहरू
यति मात्र नभएर दैनिक जीवनमा आवश्यक अन्य धेरै सेवाहरू
-सेवा छान्ने
-मूल्य तुलना गर्ने
-समय मिलाउने
-बुकिङ कन्फर्म गर्ने
-घरमै सेवा प्राप्त गर्ने जस्ता सुविधा एप मै पाउनेछन्।
नेपालकै सीपलाई डिजिटल अवसरसँग जोड्ने प्लेटफर्म: – Co-Founder पौडेलका अनुसार एप बजारमा ल्याउनुको मुख्य उद्देश्य “Skill to Employment” को अवधारणामा आधारित छ।
सेवा–प्रदायकका लागि उपलब्ध फिचर:
-निःशुल्क दर्ता
-व्यक्तिगत वा व्यवसायिक प्रोफाइल
-मूल्य सूची, अनुभव तथा फोटो अपलोड
-ग्राहकबाट रेटिङ–रिभ्यू
-नजिकका हजारौं ग्राहकसँग प्रत्यक्ष पहुँच
-दैनिक अर्निङ हिसाब
-नोटिफिकेशन र कन्फर्मेसन सिस्टम, जस्ता अन्य थुप्रै सेवा सुविधा एप मै पाउनेछन्।
उनी भन्छन्:
“नेपालमा धेरै सीप छ तर अवसर सीमित छन्। यो एपले सीपलाई सीमित गाउँ वा सहरबाट उठाएर हजारौं ग्राहकसम्म पुर्याउनेछ।”
सुरक्षा, पारदर्शिता र गुणस्तरमा कडाइ
Doorsteps Nepal ले सेवाको गुणस्तर र सुरक्षित प्रयोग सुनिश्चित गर्न निम्न सुविधाहरू समावेश गरेको छ।
-Verified सेवा प्रदायक
– ग्राहक रेटिङ–रिभ्यू
-पारदर्शी मूल्य
-24/7 कस्टमर सपोर्ट
-एप–आधारित सेवा ट्र्याकिङ
-इन–एप कन्फर्मेसन तथा रिपोर्टिङ सिस्टम
एपमा डिजिटल भुक्तानी गर्न मिल्ने,
नेपालमै विकास, नेपालकै भविष्यको लागि,
Doorsteps Nepal पूर्ण रूपमा नेपाली विकासकर्ता, डिजाइनर र बजार विशेषज्ञहरूको टिम द्वारा तयार गरिएको एप हो। सुरुमा काठमाडौं उपत्यका मा सेवा उपलब्ध गराइनेछ।आगामी १ वर्षभित्र ७ प्रदेश विस्तार,आगामी १२ महिनामा १० लाख+ App Users पुर्याउने लक्ष्य राखिएको छ।
समाज र अर्थतन्त्रमा प्रभाव,
Doorsteps Nepal App को अपेक्षित प्रभाव:
– हजारौं सीपवान नेपालीको आय स्रोत वृद्धि
– महिलाहरूका लागि घरमै बसेर काम गर्ने अवसर
– युवाहरूलाई स्वरोजगार
– साना व्यवसाय र घरेलु सेवा प्रदायकको डिजिटल रूपान्तरण
-असंगठित क्षेत्रलाई व्यवस्थित डिजिटल अर्थतन्त्रमा ल्याउने,
न्यौपानेका अनुसार,“हाम्रो लागि सुरक्षा र पारदर्शिता नै पहिलो प्राथमिकता हो,हामी सेवा प्रदायक र सेवाग्राहीलै जोड्ने भरपर्दो माध्यम को रुपमा काम गर्नेछौं। तपाईंहरूको साथ र सहयोग सधैं रहनेछ भन्ने विश्वास पनि लिएका छौं।
डाउनलोडका लागि उपलब्ध
‘Doorsteps Nepal App’ Google Play Store र App Store मा उपलब्ध छ।ग्राहक तथा सेवाप्रदायक दुवैले दर्ता गरी तुरुन्तै प्रयोग सुरु गर्न सक्छन्।
वेबसाइट: www.doorstepsnepal.com
सम्पर्क: 9851407707 / 9851407706















