ह्यात होटल बन्दबारे प्रधानमन्त्री कार्कीको चासो
- कार्तिक ८, २०८२
- 0
प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग आज बिहान जानकारी लिएका छन् ।
अर्थमन्त्री खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताए । उनले व्यवस्थापन पक्षलाई विचलित नभई सेवा सुचारु गर्न पनि आग्रह गरे ।
‘तपाईंहरु आत्तिन भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ,’ खनालले भने, ‘सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’
होटल बन्दबारे आइतबार (भोली) होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
0 प्रतिक्रिया
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी, लोकतन्त्र र मुलुकको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण […]
बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन […]
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको […]
कांग्रेस महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि जारी रहेको छ । आज बिहान ७ः३० देखि ९ बजेसम्म […]










