रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुनः सुरु
- अशोज २२, २०८२
- 0
काठमाडौं । रामेछाप–काठमाडौं हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् ।
केही दिनयता रामेछाप–लुक्ला रुटमा दैनिक ५० देखि ६० वटा उडान भइरहेकाले रामेछाप–काठमाडौं उडान स्थगित भएको थियो। असोज १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण विपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरूको सहजताका लागि हवाई उडान पुनः सुरु गरिएको हो ।
मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी करिब १२५ किलोमिटर छ भने चरिकोट हुँदै दोललघाट निस्किएर काठमाडौं पुग्दा करिब २०० किलोमिटर दूरी पर्छ ।
नागरिक उड्डयन कार्यालय रामेछापका अनुसार अबदेखि प्रत्येक बुधबार समिट एयर, शुक्रबार सिता एयर र शनिबार तारा एयरले रामेछाप–काठमाडौं–रामेछाप रुटमा नियमित उडान सञ्चालन गर्नेछ ।
0 प्रतिक्रिया
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी, लोकतन्त्र र मुलुकको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण […]
बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन […]










