पुनः सञ्चालनमा आयो भाटभटेनी
- भदौ २८, २०८२
- 0
नेपालको सुपरमार्केट चेन भाटभटेनीले आफ्ना स्टोरहरू पुनः सञ्चालनमा आएको घोषणा गरेको छ। कम्पनीले एक सन्देश जारी गर्दै ग्राहकहरूको धैर्य, साथ र विश्वासका लागि धन्यवाद दिएको छ।
‘हाम्रा ढोकाहरू फेरि खुलेका छन्,’ सामाजिक सञ्जालमा गरिएको पोस्टमा भनिएको छ, ’भाटभटेनी एउटा स्टोर मात्र नभई तपाईंको परिवार हो।’
कम्पनीले आफ्ना ग्राहकहरूलाई सधैंझैँ उही हेरचाह र प्रतिबद्धताका साथ सेवा दिन फर्केको जनाएको छ। हालैको आन्दोलनका कारण भाटभटेनीका केही स्टोरहरू बन्द गरिएका थिए। देशभर भाटभटेनीका एक दर्जनभन्दा बढी स्टोरहरू तोडफोड र आगजनीसमेत भएका थिए ।
कम्पनीले सबैलाई मिलेर उज्ज्वल र शान्त दिनहरूतर्फ अघि बढ्न पनि आह्वान गरेको छ।

0 प्रतिक्रिया
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी, लोकतन्त्र र मुलुकको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण […]










