सेजनको अध्यक्षमा भट्टराई निर्वाचित

news-details

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् ।

आज सम्पन्न सेजनको २७ औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ मत र आशा थपलियाले ४१ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा जीवन बस्नेत निर्विरोध निर्वाचित हुदा महासचिवमा कमलकुमार बस्नेत, कोषाध्यक्षमा केशु लामिछाने निर्वाचित भए भने सचिवमा शङ्कर पण्डित निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै सदस्यमा अर्जुन तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बास्कोटा र सीमा तामाङ निर्वाचित भए ।

यसैबिच, नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत धर्मेन्द्र झाले प्रमाणपत्र वितरण गरे ।

सेजनमा आर्थिक ‘बिट’मा पत्रकारिता गर्दै आएका २६६ जना आबद्ध छन् भने अधिवेशनमा २४६ मत खसेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया