सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार

news-details

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया