नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने-‘नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन’

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटो शोको उदघाटन गर्दै नेपालमा लगानी र काम गर्न कुनै बाधा नभएको बताएका छन ।

प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई

सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।
‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन ।’ उनले भने ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस् ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया