जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- भदौ १, २०८२
- 0
काठमाडौ महानगरपालिका, वार्ड नं २२, न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आइफोनमा ५% र म्याकबुकमा ५% र आइफोन र म्याकबुकका accessories हरुमा २०% छुट पाउने भएका छन । यस्तै क्रेडिट कार्ड होल्डरहरुले Instrapay Scheme बाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन । सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन ।
त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।














