नेप्से ३ हजार विन्दुमा अडिन संघर्ष गर्दै, २६ अर्ब बढीको कारोबार

news-details

लगातार आठ दिनको वृद्धिपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार घटेको छ। आइतबार कारोबारको धेरैजसो समय ३ हजार विन्दुभन्दा माथि रहे पनि बजार बन्द हुँदा नेप्से १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा कायम भएको छ।

उच्च कारोबारस् आइतबार २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिन (बिहीबार) को १८ अर्ब ४९ करोड रुपैयाँको तुलनामा ४३ प्रतिशतले बढी हो। यो एक वर्षयताकै उच्च कारोबार रकम हो।

३ हजारको प्रतिरोधस् कारोबारका क्रममा नेप्से ३०१३.१७ विन्दुसम्म पुगेको थियो, जुन एक वर्षयताकै उच्च अन्तरदिन विन्दु हो। यद्यपि, लगानीकर्ताहरू मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा नेप्सेले ३ हजार विन्दुमा प्रतिरोध सामना गरेको देखिन्छ।

समूहगत अवस्थास् आइतबार कारोबारमा आएका १३ समूहमध्ये व्यापार, विकास बैंक, उत्पादनमूलक र सामूहिक लगानी कोष गरी चार समूहमा मात्र सुधार देखिएको छ। यी समूह ०.५४ प्रतिशतदेखि १.२९ प्रतिशतसम्म बढेका छन्। वित्त समूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशतले घटेको छ।

सर्किट ब्रेकस् कुल ३२३ धितोपत्र तथा ऋणपत्रमध्ये ९४ वटाको मूल्य बढेको छ। समता लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

शीर्ष घटुवा र कारोबारस् नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.३४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा छ, जसको १ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया