रोयल ट्युलिप चितवनद्वारा अल-डे-डाइनिङ रेस्टुरेन्ट ‘माझीघर’को शुभारम्भ
- साउन ९, २०८२
- 0
चितवनको पर्यटकीय नगरी सौराहामा रहेको रोयल ट्युलिप चितवनले अल-डे-डाइनिङ रेस्टुरेन्ट ‘माझीघर’को शुभारम्भ गरेको छ
लुभर होटल्स ग्रुप अन्तर्गत केटिएम हस्पिटालिटीद्वारा सञ्चालित लक्जरी ५ तारे रिसोर्ट, रोयल ट्युलिप चितवनले आज आफ्नो नयाँ अल-डे-डाइनिङ रेस्टुरेन्ट “द माझीघर” को घोषणासगैं शुभारम्भ गरेको हो ।
सौराहमा रहेको यस रिसोर्टले भोजन र आतिथ्य सत्कारको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ ।
माझी र थारु समुदायको समृद्ध सांस्कृतिक परम्पराबाट प्रेरित ‘माझीघर’ ले न्यानो र आमन्त्रित वातावरण प्रदान गर्ने केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहले बताए ।
‘यहाँ पाहुनाहरूले स्थानीय विभिन्न प्रकारका परिकारहरूको आनन्द लिन सक्छन्। स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय दुवैको अनुभव प्रदान गरेर चितवनको आतिथ्य परिदृश्यलाई समृद्ध बनाउन हामी प्रतिवद्ध छौं’ अध्यक्ष शाहले भने, ‘यही असोजदेखि होटल पनि भव्यताका साथ सुरू गर्नेछौं।’
४ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा सुन्दर ढंगले डिजाइन गरिएका आवासहरू छन्। जसमा विशेष पुल भिला, वाटर भिला र माचान सुइटहरू रहेका छन्, जुन सबैले मनमोहक दृश्य र विलासी सुविधाहरू प्रदान गरेका छन् । पाहुनाहरूले स्पा, फिटनेस सेन्टर, पौडी पोखरी र माझीघर, फरेस्ट फ्लेम, माचान (एक घुम्ने डेक) र जीवन्त तनावी स्पोट्र्स बारमा विविध भोजन अनुभव जस्ता विश्व–स्तरीय सुविधाहरूको आनन्द लिन सक्छन्।
प्रकृतिको सुन्दरता, र जंगली जनावरका अवलोकनले आनन्दित तुल्याउनुका साथै क्षेत्रीय पर्यटनलाई बढावा दिन, स्थानीय रोजगारीका अवसरहरू सिर्जना गर्न र चितवनमा विलासिताका लागि नयाँ बेन्चमार्क स्थापित गर्ने प्रयास भएको शाहले बताए ।
‘रोयल ट्युलिप चितवनले नेपालको पर्यटन उद्योगलाई सुदृढ पार्न, स्थानीय अर्थतन्त्रलाई सहयोग गर्न र सौराहाका स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ’ रिसोर्टका महाप्रबन्धक सचिन शर्माले भने ‘उपरोक्त दृष्टिकोण लाई आत्मसात गर्दै रिसोर्ट संचालन गर्नेमा हामी प्रतिबद्ध छौ ।’
उनका अनुसार दिगो विकासप्रति प्रतिबद्ध, रोयल ट्युलिप चितवनले इन–हाउस वाटर बोटलिङ प्लान्ट र स्थानीय रूपमा उपलब्ध सामग्रीहरूको प्रयोग जस्ता पहलहरू सुरु गरेको छ, जसले १०० भन्दा बढी स्थानीय रोजगारी सिर्जना गर्नेछ ।
नेपाल र विश्वभरका विशिष्ट यात्रुहरूलाई आकर्षित गर्न व्यक्तिगत सेवाहरूसहित विलासी आराम प्रदान गर्नमा केन्द्रित रहेको बताउदै शर्माले सबै पाहुनाहरूका लागि सहज र अविस्मरणीय अनुभव सुनिश्चित गर्ने विश्वास लिएको बताए ।
















