सरकारद्धारा सीआईपी अवार्ड प्रदान (नामावलीसहित)

news-details

सरकारले महत्वपूर्ण व्यवसायिक व्यक्ति (सी.आई.पी.) अवार्ड प्रदान गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतका व्यवसायीहरुलाई सीआईपी अवार्ड प्रदान गरेका हुन् ।

अवार्ड पाउनेहरुमा महासंघ अध्यक्ष ढकालसहित नेपाल चेम्बर अफ कमर्शमा अध्यक्ष कमलेश कुमार अग्रवाल, परिसंघका राजेशकुमार अग्रवाल, हस्तकला महासंघका रवीन्द्र शाक्य, निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेलगायतले अवार्ड प्राप्त गरेका छन् ।

नेपालको व्यवसायिक र अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने, तेस्रो मुलुकमा निकासी, भारत तथा चीन जस्ता देशमा भएको नियार्तलगायतका मापदण्डमा तोकिएका आधारमा सीआईपीहरु छानिन्छ र अवार्ड दिइन्छ ।

यस्तो सम्मान पाउने व्यक्तिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिआइपीको दर्जा पाउँछन् । उनीहरुका लागि सिंहदरबार तथा उच्चपदस्थहरुसँग भेट्न पनि सहज हुन्छ ।

केही वर्षदेखि रोकिएको उक्त अवार्ड यो वर्षदेखि पुनः सुरु गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया