मौद्रिक नीतिको तयारी पूरा, आज सार्वजनिक हुने
- असार २७, २०८२
- 0
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।
गभर्नर डा. विश्व पौडेलले आफ्नो पहिलो मौद्रिक नीतिका तयारी पूरा गरेका छन् । केही बेरपछि बैंक सञ्चालनक समिति बैठक बस्न लागेको बैंकका सहायक सूचना अधिकारी डा. सञ्जयप्रसाद मिश्रले जानकारी दिए।
हिजो पनि समितिको बैठक बसेको थियो । हिजो मौद्रिक नीतिको भूमिकामा छलफल भएकोमा आज थप नीतिगत व्यवस्थाहरुमा छलफल हुनेछ। समितिले नीति स्वीकृत गरे आजै दिउँसो सार्वजनिक गर्ने गभर्नर पौडेलको तयारी छ ।
यसपटक बजेटसँग समेत तादम्य हुनेगरी उदार मौद्रिक नीति ल्याउने तयारी छ । न्यून ब्याजदर हुँदा पनि कर्जाको माग बढ्न नसक्दा बैंकमा तरलता थुप्रिएको छ। अर्थतन्त्र पूर्णरूपमा चलायनमान भइसकेको छैन । यस्तो अवस्थामा कर्जाको माग बढ्ने तथा अर्थतन्त्र चलायमान हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति तयार गरेको बताइएको छ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










