बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको छ : अध्यक्ष ढकाल

news-details

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उद्योग वाणिज्य महासंघले लिखित रुपमा दिएका सुझावहरु बजेटले समेटेको भन्दै आउने दिनमा त्यसको कार्यान्वयन हुने आशा गरेको बताए ।

उनले भने, ‘हिजो मात्र हाम्रो बजेट सार्वजनिक भएको छ । यो बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु खासगरि उद्योग वाणिज्य महासंघले बजेटभन्दा पहिला उपप्रधानमन्त्रीलाई लिखित रुपमा सुझावहरु दिएका थियौं । त्यसमा भएको

धेरै जसो सुझावहरु बजेटले समेटिएको छ । आउने दिनमा बजेटमा आएका कुराहरु कार्यान्वयन पनि हुदैँ गयो भने निजी क्षेत्रले चाहेको र आम जनताले चाहेको कुराहरु पूरा हुन्छ होला ।’

यस्तै, उनले पारदर्शि तरिकाले व्यापार अगाडि बढाउने हो भने मात्र निजी क्षेत्रको काम कारबाही सहि तरिकाले अगाडी बढ्न सक्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *