जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग
- बैशाख २५, २०८२
- 0

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्नका लागि माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले ठेक्का उर्जामन्त्रीको समेत मिलेमतो र सेटिङको कुरा आएको भन्दै सत्यतथ्य छानविनका लागि माग गरे ।
उनले के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने हो भन्दै प्रश्न गरे ।
उनले भने,‘जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियामा उर्जा मन्त्रालयको मन्त्री र जगदुल्लाह हाइड्रोपावरको कार्यकारी निर्देशकको मिलेमतो भएको छ भन्ने कुराहरु विभिन्न सञ्चारमाध्यममा आएको छ । के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने ? यो विषय अख्तियारमा नि गएको छ । खरिद नियमावली विपरीत छ भनेर त्यहाँ पनि गएको छ । यसमा मन्त्रीको समेत मिलेमतो भएको कारण यसको छानविनको लागि माग राख्दछु ।’
0 प्रतिक्रिया
राजपुर बमकाण्ड : पीडित अदालत जाने, आलमले भने– ‘सत्यको बिजय’

दिपेश पौडेल । रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई […]
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने

काठमाडौं । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा आन्दोलनमा सहभागी […]
पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

कमल प्रभात विक/ गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् । […]
राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन गर्ने भएका […]
आज भोटो जात्रा, उपत्यकामा सार्वजानिक बिदा

आज काठमाडौं उपत्यकामा भोटो जात्रा पर्व मनाइँदैछ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यो जात्रा मनाइन्छ […]