छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
- बैशाख ५, २०८२
- 0

बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट उद्योग करिब छ महिनापछि पुनः सञ्चालनमा आएको छ । यन्त्र मर्मत र कच्चा पदार्थको आपूर्तिपछि मंगलबारबाट उत्पादनको तयारीस्वरूप चुनढुंगा प्रशोधन कार्य सुरु गरिएको हो ।
उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार केही दिनभित्रै सिमेन्ट उत्पादन सुरु गरिनेछ । उनले भने, ‘हामीले दैनिक ६ सय क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेका छौं ।’
वि.सं. २०३३ मा जडान गरिएका पुराना यन्त्रले उत्पादनमा निरन्तर समस्या आएकाले नयाँ प्रविधि आवश्यक रहेको उनले बताए । यद्यपि, विद्युत महसुल भुक्तानी र कर्मचारीको पारिश्रमिक व्यवस्थापनमै कठिन भइरहेको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव जस्तै भएको उनको भनाइ छ ।
महाप्रबन्धक कर्णले उद्योगलाई पुनः सबल बनाउन सरकारको विशेष सहयोग आवश्यक रहेको स्पष्ट पारे ।
0 प्रतिक्रिया
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने

काठमाडौं । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा आन्दोलनमा सहभागी […]
पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

कमल प्रभात विक/ गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् । […]
राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन गर्ने भएका […]
आज भोटो जात्रा, उपत्यकामा सार्वजानिक बिदा

आज काठमाडौं उपत्यकामा भोटो जात्रा पर्व मनाइँदैछ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यो जात्रा मनाइन्छ […]
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

आज महिला तथा सामाजिक मामिला समितिको बस्दैछ । बैठक दिनको २ बजे सिंहदरबारमा बस्न लागेको हो आइतबार बस्ने बैठकमा समितिको […]