राष्ट्रिय व्यापार संघद्धारा नयाँ वर्षको शुभकामना आदान प्रदानका साथै पात्रो विमोचन

news-details

साना तथा मझौला व्यापारीहरुको छाता संस्था राष्ट्रिय व्यापार संघले नयाँ वर्ष २०८२ सालको नयाँ वर्षको शुभकामना आदानप्रदानका साथै  टेबल पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

संघका अध्यक्ष हिमलाल खरालको संयोजकत्वमा विगतका वर्षहरुमा झैं यस वर्षपनि संघको वर्षभरि भएगरेका गतिविधिहरु समेटिएको पात्रो प्रकाशनगरि विमोचन गरिएको हो ।

संघको केन्द्रिय कार्यालय न्युरोडमा एक औपचारिक कार्यक्रमका बिच संघका पदाधिकारीहरु, पुर्वअध्यक्ष, निवर्तमान अध्यक्षलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा संघले आगामी वर्षमा व्यवसायीका हकहितका लागि के–कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल समेत गरिएकोे थियो ।

संघका अध्यक्ष खरालले व्यापारीहरुका बिच एकआपसमा भाईचाराको सम्बन्ध स्थापित गर्दै आगामी दिनमा सबैको सल्लाहबमोजिम नै काम गर्दै जाने बताए ।

उनले नयाँ वर्षमा नयाँ उर्जाका साथ, नयाँ ढंगले संघलाई अगाडि लैजाने व्यवसायीहरु माझ विश्वास दिलाए । साथै व्यापारी व्यवसायीहरुका समस्या समाधानका लागि आफू सधैं कटिबद्द भएर लाग्ने समेत प्रतिबद्धता जनाए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष नयनबहादुर पण्डित क्षेत्री र वरिष्ठ सल्लाहाकार बिचारी पराजुलीलाई सम्मान गरिएको थियो । पूर्वअध्यक्ष क्षेत्री नेपाल चेम्बर अफ कमर्शमा केन्द्रिय सल्लाहाकारका रुपमा मनोनित भएको र सल्लाकार पराजुली सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको तृतीय उपाध्यक्ष पदमा सर्वसम्मतले चयन भएका कारण संघले सम्मान गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *