हार्दिक आईभीएफ सेन्टर सिनामंगलमा निःशुल्क ‘आई.यु.आई’ सेवा

news-details

हार्दिक आई.भी.एफ सेन्टर सिनामंगलले यही चैत १० गतेदेखि निःशुल्क इन्ट्रायुटेरिन इन्सेमिनेसन (आई.यु.आई.) सेवा सुरु गरेको छ । यससम्बन्धी निःशुल्क सेवा २०८२ वैशाख ३१ गतेसम्म चल्ने छ ।

आर्थिक समस्याका कारण उपचार नपाएर सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गरी नयाँ वर्षको अवसर पारेर निःशुल्क आई.यु.आई. सेवा सुरु गरिएको हो ।

बाँझोपनको उपचारका लागि आई.यु.आई. प्रभावकारी उपचार प्रद्धति मानिन्छ । यो पद्धतिमा विशेष विधिबाट तयार पारिएका शुक्रकिटलाई महिलाको पाठेघरभित्र राखिने भएकाले गर्भधारणको सम्भावना धेरै रहने चिकित्सकहरु बताउँछन् । पुरुषमा शुक्रकिटको संख्यामा कमी भएमा वा कमजोरी भएमा, अस्पष्ट बाँझोपनको समस्या भएमा र महिलाको प्रजनन समस्या भएमा आई.यु.आर्ई उपचार पद्धति प्रभावकारी मानिन्छ ।

नेपालमा आई.यु.आई. उपचारको औसत खर्च १५ देखि २० हजारसम्म पर्ने भएपनि हार्दिक आई.भी.एफ. सेन्टर सिनामंगलले निःशुल्क गर्न लागेको हो । आई.यु.आई.उपचार गर्दा गर्भधारणको सफलता दर २० देखि २५ प्रतिशतसम्म रहने विश्वास छ ।

शिविरमा हार्दिक आईभीएफका अनुभवी डाक्टरहरूले निःशुल्क परामर्श र प्रारम्भिक स्वास्थ्य परीक्षण गरी आई.यु.आई. उपचार प्रदान गर्नेछन् ।

सिनामंगलस्थित हार्दिक आई.भी.एफ सेन्टर क्रिस्टल कम्प्लेक्समा सञ्चालन हुनेछ । आई.यु.आई सेवा लिन चाहनेले ०१५९१७९८२ वा ९८०२३५२८११ र ९७०९१३९१८० मा फोन गरी नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । अग्रिम नाम दर्ता गराउनेलाई मात्र यो निःशुल्क सेवा उपलब्ध गराइने आई.भी.एफ सेन्टरले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *