बीमा क्षेत्रको हितका लागि सबै स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्छ : अध्यक्ष ओझा

news-details

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा दाबी भुक्तानी र मिस सेलिङको समस्या अझै रहेको बताएका छन् ।

आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले अन्डराइटिङको समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न नसकेका कारण बीमा दाबी भुक्तानी र मिस सेलिङको समस्या देखिएको बताएका हुन् ।

यि समस्याहरुबारे प्राधिकरणमा छलफल समेत भइसकेको बताउँदै दीर्घकलिन समाधानको उपाय खोजी भइरहेको उनको भनाइ छ । अध्यक्ष ओझाले बीमा कम्पनीहरुलाई छरिएर रहेका निर्देशनहरुलाई एकीकृत गरेर जारी गर्ने तयारी रहेको समेत बताए ।

बीमा कम्पनीहरुले भोगिरहेका समस्या समाधान र बीमा उद्योगलाई दिगो रुपमा विकास गर्न सहजता प्रदानको लागि एकीकृत निर्देशन जारी गर्न लागिएको जानकारी दिएका छन् ।

बीमितहरुले भोगिरहेका विभिन्न समस्याको समाधानको लागि पनि बिमकको वित्तीय स्वास्थ्य बलियो हुन आवश्यक रहेको भन्दै उनले एकिकृत निर्देशनले जरुरी रहेको बताए ।

उनले बीमा प्राधिकरणले हाल नियामकीय व्यवस्थाहरूलाई सुधार गर्न प्रारम्भिक कार्य गरिसकेको जानकारी दिए ।

‘हाम्रो मुख्य उद्देश्य बीमा बजारलाई व्यवस्थित बनाउँदै व्यवसायिक अभ्यास सुधार गर्नु हो’ कार्यक्रममा सम्वोधन गर्दै उनले भने, ‘यसका लागि सरोकारवालाहरूको सहकार्य आवश्यक छ ।’

कार्यक्रममा बोल्दै जीवन बीमक संघका अध्यक्ष तथा नेपाल लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत प्रनिण रमन पराजुलीले बीमा ऐ्नलाई समय सापेक्ष बनाउनु आजको आवश्यकता रहेको बताए । यसका लागि प्राधिकरणले काम गर्नेमा आफूहरु ढुक्क रहेको उनको भनाइ छ ।

बीमा विज्ञ रबिन्द्र घिमिरेले बीमा प्राधिकरणले जति प्रभावकारी रुपमा कार्यक्रमहरु गर्नुपर्ने हो त्यो हुन नसकेको गुनासो गरे । एउटा कर्मचारीले सानो गल्ती गर्दा अर्बौंको जोखिम इन्सुरेन्सको थाप्लोमा आउने कारण प्राधिकरणले दक्ष जनशक्तिको उत्पादनको लागि गम्भिर रुपमा सोच्न आवश्यक रहेको धारणा राखे ।

यस्तै,इमान अध्यक्ष रोयल आचार्यले बीमाको इतिहास लामो भएपनि अझै धेरै नागरिकको माझमा बीमाको पहुँच पुर्याउन बाँकी रहेको औंल्याए ।

कार्यक्रममा बोल्दै निर्जिवन बीमक संघका महासचिव सुनिल बल्लभ पन्त, लघुबीमक संघका सचिव नरेश रोक्का, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायतले प्राधिकरणको नेतृत्वमा युवा पाउँदा आफूहरु खुसी भएको बताएका थिए ।

इमानले प्राधिकरणको अध्यक्ष नियुक्त भएकोमा ओझालाई सम्मान समेत गरेको छ । इमान अध्यक्ष रोयल आचार्यले प्राधिकरणका अध्यक्ष ओझालाई सम्मानपत्रसहित सम्मान गरे ।

आइतबार इमानले प्राधिकरणका नवनियुक्त अध्यक्षको सम्मान तथा ‘अबको बीमा क्षेत्र’ विषयक अन्तरक्रिया गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *