संखुवासभा उद्योग वाणिज्य संघ खाँदबारीको अध्यक्षमा डेगराज बस्नेत निर्विरोध चयन भएका छन् । संघको १७ औं साधारण सभा तथा अधिवेशन बाट बस्नेतको अध्यक्षतामा ३८ सदस्यीय समिति चयन भएको छ ।

मंगलबार सुरु भएको संघको साधारण सभा तथा अधिवेशन बुधबार सम्पन्न भएको हो । संघमा आंकाक्षिहरु धेरै भएपछि सहमति जुटाउन निर्वाचन प्रकृयामा समय थप गर्दै भएपनि निर्विरोध कार्यसमिति चयन गरिएको थियो । सहमति जुटाउने क्रममा केही पद समेत थप गरिएको छ ।

बस्नेतको अध्यक्षतामा संखुवासभा उद्योग वाणिज्य संघको ३८ सदस्यीय कार्यसमिति निर्विरोध चयन

समितिको बरिष्ठ उपाध्यक्ष सन्जीव कुमार श्रेष्ठ(राजु), उपाध्यक्षहरु जनक पौडेली, राजकुमार श्रेष्ठ र राजिव श्रेष्ठ, महा-सचिवमा प्रविण श्रेष्ठ र उप-महासचिवमा हिमाल श्रेष्ठ चयन भएको निर्वाचन मण्डलका रमेश भट्टराईले जानकारी गराए ।

बस्नेतको अध्यक्षतामा संखुवासभा उद्योग वाणिज्य संघको ३८ सदस्यीय कार्यसमिति निर्विरोध चयन

त्यसैगरी समितिको कोषाध्यक्षमा कविता श्रेष्ठ, सचिवहरु कुमार राज श्रेष्ठ र रविन्द्र खत्री, सह कोषाध्यक्ष मनोज कटुवाल र सह-सचिवमा विक्रमरत्न शाक्य चयन भएका हुन् ।

बस्नेतको अध्यक्षतामा संखुवासभा उद्योग वाणिज्य संघको ३८ सदस्यीय कार्यसमिति निर्विरोध चयन

नयाँ समितिको सदस्यमा सदरमुकाम बाहिर सभापोखरी गाउँपालिकाका विकाश तामाङ समेत चयन भएका छन् भने बाँकी सबै सदरमुकाम खाँदबारीका रहेका छन् । नयाँ समितिका पदाधिकारीहरुलाई विहिबार जिल्ला समन्वय समितिको हलमा एक कार्यक्रम विच प्रमाणपत्र वितरण, बधाई तथा शुभकामना दिइएको छ ।

बस्नेतको अध्यक्षतामा संखुवासभा उद्योग वाणिज्य संघको ३८ सदस्यीय कार्यसमिति निर्विरोध चयन

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम निर्वतमान अध्यक्ष कृष्णभगत प्रधानको सभापतित्वमा सम्पन्न भएको हो ।

संघको १७ औं साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अन्जन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उद्घाटन कार्यक्रममा स‌ंघको केन्द्र, कोशी प्रदेशका प्रतिनिधि तथा विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरु, कार्यालय प्रमुख तथा प्रतिनिधि, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

बस्नेतको अध्यक्षतामा संखुवासभा उद्योग वाणिज्य संघको ३८ सदस्यीय कार्यसमिति निर्विरोध चयन