नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा पुनः कैलाश खड्का निर्विरोध निर्वाचित भएका छन् । महासंघको सोमवार काठमार्डांमा भएको १९ औं बार्षिक साधारणसभापछि सम्पन्न निर्वाचनमा अध्यक्ष खड्कासहित अघिल्लो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो ।

आगामी तीन बर्षका लागि खड्काको नेतृत्वमा महासंघ चल्नेछ । महासंघको वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जी.सी., उपाध्यक्षमा धनबहादुर गिरी (डी. बी.), महासचिवमा दाताराम काफ्ले, सचिवमा लीलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी निर्वाचित भएका छन् ।

त्यसैगरीको महासंघको सदस्यमा चन्द्रमा राई, प्रवेश रोका क्षेत्री, दीपक कार्की, बेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साललाई चयन गरेको निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिएका छन् ।

आगामी कार्यकालका लागि अध्यक्षमा चयन भएपछि खड्काले वैदेशिक रोजगारी क्षेत्रको स्वास्थ्य परीक्षण गुणस्तरीय, पारदर्शी र सवल बनाउन आफ्नो कार्यसमिति प्रतिवद्ध भएर लाग्ने जनाए ।

महासंघको अध्यक्षमा पुनः कैलाश खड्का, गुणस्तरीय स्वास्थ्य परीक्षणमा जोड

काठमाडौंको मेरियट होटलमा सोमबार भएको महासंघको १९ औं साधारणसभाको उद्घाटन कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्य सचिव एकनारायण अर्याल, श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द निरौला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव धनश्याम उपाध्याय उपस्थित रहेका थिए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणलाई गुणस्तरीय र पारदर्शी बनाउन स्वास्थ्य संस्थाहरुलाई कुनै सम्झौता नगर्न आग्रह गरेका छन् ।

नेपालमा हजारौं अस्पताल र स्वास्थ्य संस्था संचालन भएका अवस्थामा सीमित संस्थालाई सूचीकरण गरी वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि अनुमति दिनुको अर्थ स्वास्थ्य परीक्षणमा शुद्धता र प्रामाणिकता होस् भन्ने नै रहेको मन्त्री भण्डारीको भनाई थियो ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारका क्षेत्रमा गलत गर्नेहरूका सम्बन्धमा सरकारले टुलुटुलु हेरेर नबसी कडा कारबाही गर्ने बताए । उनले भने, ‘सरकारले व्यवसाय गर्दैन, व्यवसायी इमान्दार नभए सरकारले कडाइ गर्ने छ ,यसमा ध्यान दिनुहोला ।’

महासंघको अध्यक्षमा पुनः कैलाश खड्का, गुणस्तरीय स्वास्थ्य परीक्षणमा जोड

मन्त्री भण्डारीले स्वास्थ्य परीक्षण रिपोर्ट पूर्ण रूपमा डिजिटाइजेसन गरेर समस्याको समाधान गर्ने भन्दै वैदेशिक रोजगार बोर्ड अनुगमनमा उत्रिन आवश्यक रहेकामा जोड दिए ।

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाले देशकै प्रतिनिधित्व गर्ने भएकाले स्वास्थ्य परीक्षण तल–माथि हुँदा देशको प्रतिष्ठा र कामदारको आर्थिक क्षति हुने भएकाले गम्भीर हुन व्यवसायीलाई आग्रह गरे ।
‘गलत स्वास्थ्य प्रतिवेदन दिने प्रवृत्ति बढेको छ’, यसअघि श्रम मन्त्रालयका सचिव रहिसकेका मुख्य सचिव अर्यालले भने, ‘यसका लागि महासंघ नै जिम्मेवार हुनुपर्छ ।’ मुख्य सचिव अर्यालले पनि स्वास्थ्य परीक्षणको डिजिटाइजेसन खराबी रोक्ने उपाय हुन सक्ने बताए ।

महासंघको अध्यक्षमा पुनः कैलाश खड्का, गुणस्तरीय स्वास्थ्य परीक्षणमा जोड

अर्का सचिव सचिव घनश्याम उपाध्यायले स्वास्थ्य परीक्षण व्यवसायलाई गुणस्तरीय र पारदर्शी बनाउनुपर्नेमा जोड दिए । साधारणसभामा श्रम सचिव मुकुन्दप्रसाद निरौला, नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत मोहम्मद फिर्दाैस अजमानलगायतले महासंघलाई शुभकामना व्यक्त गरे ।

महासंघ अध्यक्ष कैलाश खड्काले सरकारको मापदण्डअनुसार स्वास्थ्य परीक्षणका लागि महासंघमा आवद्व व्यवसायी प्रतिबद्व रहेको भन्दै सोहीअनुसार स्वास्थ्य परीक्षण गरेकाले मन्त्रालयसँग विगत १९ वर्षदेखि सहकार्य रहेको उल्लेख गरे । उनले स्वास्थ्य व्यवसायलाई गुणस्तरीय पारदर्शी, मर्यादित र व्यवस्थित बनाऔं भन्ने महासंघको मूल ध्येय रहेको उल्लेख गर्दै मेडिकल रिपोर्टको डिजिटाइजेसन नै बजारमा देखिने खराबी रोक्ने उपाय हुने टिप्पणी गरे ।

महासंघको अध्यक्षमा पुनः कैलाश खड्का, गुणस्तरीय स्वास्थ्य परीक्षणमा जोड

स्वागत मन्तव्य राख्दै महासंघका बरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठले स्वास्थ्य परीक्षणको डिजिटलाइजेसन गर्न माग गरे । कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, नेपाल अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतम, रेडियोलोजिस्ट चिकित्सक स्वयम्भू पण्डितलगायतको उपस्थिति थियो ।

 

महासंघले मध्यान्ह दैनिकमा कार्यरत रेशमराज पौडेल, सेतोपाटी अनलाइनमा कार्यरत निर्मला शर्मा र रातोपाटीका कृष्णसिंह धामीलाई सम्मान गरेको छ ।

महासंघको अध्यक्षमा पुनः कैलाश खड्का, गुणस्तरीय स्वास्थ्य परीक्षणमा जोड

महासंघको अध्यक्षमा पुनः कैलाश खड्का, गुणस्तरीय स्वास्थ्य परीक्षणमा जोड

महासंघको अध्यक्षमा पुनः कैलाश खड्का, गुणस्तरीय स्वास्थ्य परीक्षणमा जोड

महासंघको अध्यक्षमा पुनः कैलाश खड्का, गुणस्तरीय स्वास्थ्य परीक्षणमा जोड