नेपाल उद्योग बाणिज्य महासंघले नेपाल व्यवसायी संघ कतारलाई आफ्नो वैदेशिक सदस्यता प्रमाणपत्र प्रदान गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतार नै पुगेर संघलाई आफ्नो सदस्यता प्रदान गरेका हुन् ।

कतार सरकारले आयोजना गरेको एसियन को–अपरेसन डायलगको तेश्रो सम्मेलनमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै कतार पुगेका महासंघका अध्यक्ष ढकालको स्वागतार्थ आयोजित कार्यक्रममा नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईलाई सदस्यता पत्र हस्तान्तरण गरेका हुन् ।

महासंघको आठौं कार्यकारिणी समितिको बैठकले संघलाई बैदेशिक सदस्यता प्रदान गर्ने निर्णय गरेपछि नेपाली व्यवसायी संघ नेपालको सबैभन्दा ठूलो नीजि क्षेत्रको छाता संगठनको सदस्य बनेको हो ।

कतार पुगेर महासंघका अध्यक्ष ढकालले दिए नेपाल व्यवसायी संघलाई महासंघको सदस्यता

महासंघका अध्यक्ष ढकालले महासंघ एवं समग्र निजि क्षेत्रको श्रीबृद्धि र नेपालमा लगानी बढाउन नेपाल व्यवसायी संघको उच्च योगदान रहने विश्वास लिएको बताए ।

दोहास्थित लासिगल होटलको सभाहल मंगलबार महासंघका अध्यक्ष ढकालको स्वागत तथा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले व्यवसायमा चुनौहिरु समान्य रहेको बताउँदै नेपालमा व्यवसायको प्रचुर सम्भावना रहेको बताए । ढकालले भने–‘ नेपालको सम्भावनालाई अध्ययन गरि व्यवसायीक सफलता प्राप्त गर्न सकिन्छ, कतारमा रहेका तपाईहरु त आफैँमा सफल व्यवसायी हुनुहुन्छ, नेपालमा लगानीका धेरै अवसर छन्, चुनौतिमा मात्र फोकस हुनुहुँदैन ।’

कतार पुगेर महासंघका अध्यक्ष ढकालले दिए नेपाल व्यवसायी संघलाई महासंघको सदस्यता

संघका अध्यक्ष चम्लागाईले नेपालको सबैभन्दा ठूलो साझा संस्था एफएनसीसीआईको वैदेशिक सदस्यता प्रदान गरेकोमा महासंघलाई धन्यवाद ज्ञापन व्यक्त गर्दै वैदेशिक लगानी भित्राउनका लागि आफूहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कतारका लागि नेपाल सरकारको तर्फबाट पर्यटक सद्भावनादूत आके शर्मा, संघका संरक्षक डा. देवकाजी ढंगोल, एनआरएनए उपमासचिव तथा प्रमुख सल्लाकार प्रविण गुरुङ्गले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा लगानीका सम्भावना र चुनौतिका विषयमा चर्चा गर्दै नेपाल सरकारले वैदेशिक लगानीका लागि सहज वातावरण बन्नु पर्ने बताए ।

कतार पुगेर महासंघका अध्यक्ष ढकालले दिए नेपाल व्यवसायी संघलाई महासंघको सदस्यता

संघका उपाध्यक्ष नरेन्द्र भाटको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा संघका उपाध्यक्ष रमेश भट्टले संस्थागत जानकारी गराएका थिए भने उपाध्यक्ष राज रेग्मीले कार्यक्रमबारे प्रकाश पारेका थिए ।

संघका कानुनी सल्लाहकार प्रोफेसर मोहम्मद रमजान अलि मिया, सल्लाहकार सागर नेपाल लगाएतले सम्बोधन गरेको कायक्रममा उपस्थित सम्पूर्णलाई संक्षिप्त परिचय गराउदैँ आ–आफ्नो व्यवसायका बारेका प्रकाश पार्ने अवसर दिइएको थियो । महासचिव शंकर प्रसाद न्यौपानेले कार्यक्रमको सहजिकरण गरेका थिए ।

कतार पुगेर महासंघका अध्यक्ष ढकालले दिए नेपाल व्यवसायी संघलाई महासंघको सदस्यता
कतार पुगेर महासंघका अध्यक्ष ढकालले दिए नेपाल व्यवसायी संघलाई महासंघको सदस्यता