प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्कबारे चिन्ता व्यक्त गर्दै यस विषयमा आफूले सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको बताएका छन ।

उनले पछिल्लो समयमा आफ्नो फेसबुक इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेको उल्लेख गर्दै साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्नेबारे छलफल भइरहेको जानकारी गराएका हुन ।

सामाजिक सञ्जालबाट उनले भनेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’