साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल भैरहेको छ : प्रधानमन्त्री ओली
- भदौ ३०, २०८१
- 0

प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्कबारे चिन्ता व्यक्त गर्दै यस विषयमा आफूले सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको बताएका छन ।
उनले पछिल्लो समयमा आफ्नो फेसबुक इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेको उल्लेख गर्दै साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्नेबारे छलफल भइरहेको जानकारी गराएका हुन ।
सामाजिक सञ्जालबाट उनले भनेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’
0 प्रतिक्रिया
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न […]
दुई वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक सोमबार बस्दैछ । राज्य व्यवस्था […]
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् अन्तरगत आज दुवै सदनको बैठक बस्दै छ । जस अन्तर्गत राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको […]
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा […]
मौसम पूर्वानुमान : आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी […]