रोमानियाबाट ‘स्मिथ एण्ड स्मिथ’मार्फत नेपालमा पैसा पठाउदा प्रति कारोबार नगद रु. २५० पाइने

news-details

जि.एम.इ. रेमिट प्रा.लिले ‘स्मिथ एण्ड स्मिथ’ को साझेदारीमा रोमानियाबाट नेपालमा पैसा पठाउदा प्रति कारोबार नगद रु. २५० पाइने योजना ल्याएको छ ।

यो योजना अन्तर्गत रोमानियाबाट नेपालमा विप्रेषण पठाउँदा प्रति कारोबार नगद रु.२५० प्राप्त गर्न हुनेछ । यो योजना १ अप्रिल २०२४ देखि लागू भई ३१ मे २०२४ सम्म संचालनमा रहने जिएमईले जनाएको छ ।

जि.एम.इ. रेमिटका महाप्रबन्धक वद्री कटवालका अनुसार रोमानियाबाट ‘स्मिथ एण्ड स्मिथ’मार्फत बैंक खाता, वालेट र नगदमा विप्रेषण पठाउँदा प्रति कारोबार नगद रु.२५० प्राप्त गर्न सकिनेछ ।

नेपालमा जि.एम.इ रेमिटसँग आबद्ध २५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र नेपाल अधिराज्यभरिका कुनै पनि उपभोक्ताहरुको बैंक तथा वित्तीय संस्थाको खातामा सहि समयमा रकम जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले ब्यवस्था रहेको छ । साथै मोबाईल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *