साना तथा मझौला व्यापारीहरुको छाता संस्था राष्ट्रिय व्यापार संघले नयाँ वर्ष २०८१ सालको टेबल पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय व्यापार संघद्धारा नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान

संघका अध्यक्ष हिमलाल खरालको संयोजकत्वमा विगतका वर्षहरुमा झैं यस वर्षपनि संघको वर्षभरि भएगरेका गतिविधिहरु समेटिएको पात्रो प्रकाशन गरि विमोचन गरिएको हो ।

संघको केन्द्रिय कार्यालय न्युरोडमा एक औपचारिक कार्यक्रमका बिच संघका पदाधिकारीहरु, पुर्वअध्यक्ष, निवर्तमान अध्यक्ष लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । संघमा नयाँ कार्यसमिति आईसकेपछि के–कस्ता कार्यहरु गर्न सफल रहेको र आगामी दिनमा के–कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल समेत भएको थियो ।

राष्ट्रिय व्यापार संघद्धारा नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान

संघका अध्यक्ष खरालले व्यापारीहरुका बिच एकआपसमा भाईचाराको सम्बन्ध स्थापित गर्दै आगामी दिनमा सबैको सल्लाहबमोजिम नै काम गर्दै जाने जानकारी दिए । नयाँ वर्षमा नयाँ उर्जाका साथ, नयाँ ढंगले संघलाई अगाडि लैजाने उनले विश्वास दिलाए । साथै व्यापारी व्यवसायीहरुका समस्या समाधानका लागि आफू सधैं कटिबद्द भएर लाग्ने समेत प्रतिबद्धता जनाए ।

राष्ट्रिय व्यापार संघद्धारा नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान

कार्यक्रममा संघका पूर्वअध्यक्ष नयनबहादुर पण्डित क्षेत्री र वरिष्ठ सल्लाहाकार बिचारी पराजुलीलाई सम्मान समेत गरिएको थियो । पूर्वअध्यक्ष क्षेत्री नेपाल चेम्बर अफ कमर्शमा केन्द्रिय कार्यसमिति सदस्यका रुपमा मनोनित भएको र सल्लाकार पराजुली सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको तृतीय उपाध्यक्ष पदमा सर्वसम्मतले चयन भएका कारण संघले सम्मान गरेको हो ।

राष्ट्रिय व्यापार संघद्धारा नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान

नयाँ वर्षको शुभकामना दिदै पुर्वअध्यक्ष क्षेत्रीले संघले गरेको सम्मानले आफूमा थप जिम्मेवारी बढेको महसुश भएको बताए । आफू संघको पूर्वअध्यक्ष भईरहदाँ साना तथा मझौला व्यापारीहरुको समस्या नजिकबाट बुझेको हुनाले आगामी दिनमा चेम्बरमा संघका समस्याहरुलाई उठाउने बताए । साथै संघसँग आगामी दिनहरुमा सहकार्य गर्दै जाने समेत प्रतिवद्धता जनाए ।

राष्ट्रिय व्यापार संघद्धारा नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान

त्यस्तै संघका सल्लाहाकार पराजुलीले संघले गरेको सम्मानप्रति आभार प्रकट गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको राष्ट्रिय व्यापार संघलाई सधैं साथ र सहयोग रहने विश्वास समेत दिलाए ।