राष्ट्रिय व्यापार संघद्धारा नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान

news-details

साना तथा मझौला व्यापारीहरुको छाता संस्था राष्ट्रिय व्यापार संघले नयाँ वर्ष २०८१ सालको टेबल पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघका अध्यक्ष हिमलाल खरालको संयोजकत्वमा विगतका वर्षहरुमा झैं यस वर्षपनि संघको वर्षभरि भएगरेका गतिविधिहरु समेटिएको पात्रो प्रकाशन गरि विमोचन गरिएको हो ।

संघको केन्द्रिय कार्यालय न्युरोडमा एक औपचारिक कार्यक्रमका बिच संघका पदाधिकारीहरु, पुर्वअध्यक्ष, निवर्तमान अध्यक्ष लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । संघमा नयाँ कार्यसमिति आईसकेपछि के–कस्ता कार्यहरु गर्न सफल रहेको र आगामी दिनमा के–कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल समेत भएको थियो ।

संघका अध्यक्ष खरालले व्यापारीहरुका बिच एकआपसमा भाईचाराको सम्बन्ध स्थापित गर्दै आगामी दिनमा सबैको सल्लाहबमोजिम नै काम गर्दै जाने जानकारी दिए । नयाँ वर्षमा नयाँ उर्जाका साथ, नयाँ ढंगले संघलाई अगाडि लैजाने उनले विश्वास दिलाए । साथै व्यापारी व्यवसायीहरुका समस्या समाधानका लागि आफू सधैं कटिबद्द भएर लाग्ने समेत प्रतिबद्धता जनाए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष नयनबहादुर पण्डित क्षेत्री र वरिष्ठ सल्लाहाकार बिचारी पराजुलीलाई सम्मान समेत गरिएको थियो । पूर्वअध्यक्ष क्षेत्री नेपाल चेम्बर अफ कमर्शमा केन्द्रिय कार्यसमिति सदस्यका रुपमा मनोनित भएको र सल्लाकार पराजुली सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको तृतीय उपाध्यक्ष पदमा सर्वसम्मतले चयन भएका कारण संघले सम्मान गरेको हो ।

नयाँ वर्षको शुभकामना दिदै पुर्वअध्यक्ष क्षेत्रीले संघले गरेको सम्मानले आफूमा थप जिम्मेवारी बढेको महसुश भएको बताए । आफू संघको पूर्वअध्यक्ष भईरहदाँ साना तथा मझौला व्यापारीहरुको समस्या नजिकबाट बुझेको हुनाले आगामी दिनमा चेम्बरमा संघका समस्याहरुलाई उठाउने बताए । साथै संघसँग आगामी दिनहरुमा सहकार्य गर्दै जाने समेत प्रतिवद्धता जनाए ।

त्यस्तै संघका सल्लाहाकार पराजुलीले संघले गरेको सम्मानप्रति आभार प्रकट गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको राष्ट्रिय व्यापार संघलाई सधैं साथ र सहयोग रहने विश्वास समेत दिलाए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *