एडिबीको परिदृश्य : नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण

news-details

एसियाली विकास बैंक (एडिबी)ले एसियाली मुलुकको समग्र विकास परिदृश्य सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । जुन गत आर्थिक वर्ष (२०७९/८०)को अनुमानित वृद्धि १.९ प्रतिशतभन्दा तुलनामा केही बढी हो ।

नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हुने अपेक्षा गरिएको बताए ।

उनले भने, ‘मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हने अपेक्षा गरिएको छ । यसका अतिरिक्त, सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन शुरु भई आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ ।’

बैंकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै कर्जा नियन्त्रणमा सहजता, व्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वद्धिले पनि गति लिने जनाएको छ ।

धान उत्पादनमा वद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९/८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुन सक्ने प्रक्षेपण गरिएको छ ।

एसियन डेभलपमेन्ट आउटलुक २०८०/८१ का अनुसार, पेटोलियमको मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फिति न्यनीकरणसँगै नेपालमा औसत मद्रास्फिति आर्थिक वर्ष २०७९।८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०।८१ मा ६.५ प्रतिशतमा झर्ने बताइएको हो ।

अगामि आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा चालु खाता पुनः घाटामा जानसक्ने बताएको बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०/८१ मा ४.७ प्रतिशले घटेको छ जनाएको छ ।

’विश्व अर्थतन्त्रमा देखापर्नसक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषण प्राप्तिमा प्रभाव पर्न गई आर्थिक वर्ष २०८०/८१ को आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ,’ एडिबीका प्रमुख अर्थशास्त्री इयान हासिनले भने ।

गहिरिदो भूराजनीतिक हलचलले आपूर्ति श्रृंखलामा हुनसक्ने अवरोधले विश्वव्यापी मुद्रास्फिति र वित्तीय अवस्थामा कडाइ गर्नसक्छ । यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धिलाई तल धकेल्न सक्छ ।

एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया–प्रशान्त क्षेत्र हासिल गर्न प्रतिवद्ध रहेको छ । सन् १९६६ मा स्थापित यस बैंकमा एसिया–प्रशान्त क्षेत्रका ४९ सहित ६८ सदस्यहरूको स्वामित्व रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *