रञ्जना व्यापार संघद्धारा नयाँ वर्षको पात्रो प्रकाशन तथा शुभकामना आदानप्रदान

news-details

रञ्जना व्यापार संघले नयाँ वर्ष २०८१ सालको टेबल पात्रो प्रकाशन तथा शुभकामना आदानप्रदान गरेको छ ।

काठमाडौंको न्युरोडस्थित रञ्जना मलमा व्यापार गर्ने व्यवसायीहरुको साझा संस्था रञ्जना व्यापार संघले विगतका वर्षहरुमा झैं यस वर्षपनि वर्षभरि भए गरेका गतिविधिहरु समेटिएको टेबल पात्रो प्रकाशन गरेको हो ।

व्यवसायीहरु बिच एकआपसमा भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ संघले पात्रो प्रकाशन गरि हरेक व्यापारीलाई प्रदान गर्दै शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिए । साथै पात्रोमा संघले आगामी वर्ष गर्ने कार्ययोजना समेत रहेको उनले बताए । कार्यक्रममा संघका पदाधिकारी साथै मलमा व्यवसाय गर्ने व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *