जेएमई र मनिग्राम इन्टरनेशनलबीच विप्रेषण सम्झौता

news-details

जापान मानि एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई), जापान र मनिग्राम इन्टरनेशनल आइएनसीबीच विश्वका विभिन्न देशहरुमा रहेका समुदाय, परिवार तथा व्यक्तिहरुलाई अन्तर देशिय विप्रेषण सञ्जालमा जोडने गरि सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् जेएमईले आफ्नो पहुँच विस्तार गरि आफ्ना ग्राहक सदस्यहरुलाई जापानवाट विश्वका विभिन्न देशहरुमा पैसा पठाउन सहजता प्रदान गरेको जनाइएको छ । यसका साथै जेएमईले आफ्ना ग्राहक सदस्यहरुलाई जेएमई मोबाइल एप रजिष्ट्रर गरि सो एपबाट नै आफैले पैसा पठाउन सकिने व्यवस्था तथा आफूले पठाउने पैसा भुक्तानी गर्ने व्यवस्था लगायत ग्राहक सन्तुष्टिको लागि मोबाइल एपमार्फत विभिन्न किसिमको डिजिटल सेवाहरुसहित आफ्नो स्तर वृद्धि गर्दै गएको जनाएको छ ।

अब जेएमई मोबाइल एप रजिष्ट्रर गरि सो एपबाट आफूले चाहेको जुनसुकै देशमा चौविसै घण्टा सातै दिन पैसा पठाउन सकिने व्यवस्थासहित सेवा शुल्क विना नै पैसा पठाउन सकिने, प्वाइन्टस प्रयोग गरि सेवा शुल्क घटाउन सकिने विशेषताहरु थप गरिएको जेएमईले जनाएको छ ।

जापान मनि एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) जापानमा रहेका नेपालीहरुद्वारा संचालन गरिएको पहिलो विप्रेषण कम्पनी हो । जसले विगत १४ वर्षदेखि जापानबाट विश्वका विभिन्न देशहरुमा पैसा पठाउनको लागि सहजता प्रदान गर्दै आएको छ । हालसम्म जेएमईले मनिग्राम इन्टरनेश्नल आइएनसी लगायत विश्वका ११ अन्तराष्ट्रिय साझेदार बैंक तथा विपे्रषण कम्पनीहरुसंग रेमिटेन्स सम्बन्धि कार्य गर्दै आइरहेको छ । जसले गर्दा विश्वका १२ देशहरु (नेपाल, भारत, पाकिस्थान, श्रीलङ्का, बंगलादेश, इन्डोनेसिया, कम्बोडिया, फिलिपिन्स, भियतनाम, दक्षिण कोरिया, म्यानमार र मंगोलिया) मा सहजै पैसा पठाउन सकिने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *