‘प्रथम जनकपुरधाम जुत्ताचप्पल महामेला’ नयाँ बर्षदेखि शुरु हुँदै, १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था

news-details

मधेश प्रदेशको मुख्यालय जनकपुरधाममा रहेको जनकपुर नेपाली जुत्ता घरमा नयाँ बर्ष २०८१को अवसरमा ‘प्रथम जनकपुरधाम जुत्ताचप्पल महामेला’ संचालनमा आउने भएको छ ।

जनकपुर उपमहानगरपालिकाको शिव चोक, स्टेशन रोडमा (नगरपालिकाको गेटको छेउमै) रहेको जनकपुर नेपाली जुत्ता घरमा वैशाख १ गतेदेखि जुत्ताचप्पल महामेला शुरु हुन लागेको हो ।

महामेलामा विहे तथा पार्टीको सिजनमा लगाउने नयाँ नयाँ डिजाइन जुत्ता उपलब्ध हुने जनाइएको छ । गर्मी याममा लगाउने आकर्षक चप्पल उत्पादन मुल्य (फ्याक्ट्री कष्ट)मा नै महामेलामा विक्रि वितरण हुने जानकारी मेला संयोजक प्रमोद महतोले जानकारी दिए ।

महामेलाका लागि नै १ सय २५ प्रकारका नयाँ डिजाइनका जुत्ता लन्च गरिने जनाइएको छ । नेपालका प्रख्यात ब्राण्डहरुले संयुक्तरुपमा संचालनमा ल्याएको शोरुममा नेपाली उत्पादनका स्वदेशी गुणस्तरीय जुत्ताचप्पलहरु उपलब्ध रहेका छन् ।

नेपाली उत्पादनका स्वदेशी जुत्ताचप्पललाई स्थानीयतहमा पु¥याउने र नेपालीहरुलाई स्वदेशी जुत्ता प्रयोग गर्न प्रेरित गर्ने उद्धेश्यका साथ महामेला संचालनमा ल्याइएको आयोजकको भनाई छ ।

मेलामा ८ वटा ब्राण्डका ५ हजारभन्दा बढि नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको जनाइएको छ । नेपालका प्रख्यात ब्राण्डहरु केटिएम सुज, फस्ट वाक, बिएफ डियर हिल, रोयल सुज, क्रस रोड र डिजे सुज मेलामा रहेका छन् ।

‘जुत्ताचप्पलका संचालकहरुले डाइरेक्ट कुनै मार्जिन नराखी उत्पादन लागतमा नै उपभोक्तालाई उपलब्ध गराउने हुँदा म्यानुफ्याक्चर रेटमा गुणस्तरीय सामाग्री जनकपुरवासीले पाउनुहुनेछ’ संयोजक महतोले भने ।

आफ्नै घर आँगनमा स्वदेशी उत्पादनका जुत्ताचप्पलको महामेला संचालनमा आउन लागेपछि उपभोक्ता पर्खाईमा रहेका छन् ।

महामेलामा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकको भनाई छ ।

मेलामा ८ वटा ब्राण्डका ५ हजारभन्दा बढि नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको जनाइएको छ । व्यवसायीहरुको भन्दा पनि उपभोक्तको मुल्यमा जुत्ताचप्पल पाइने भएकाले मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ ।

नेपालका प्रख्यात ब्राण्डहरु केटिएम सुज, फस्ट वाक, डिएफ डियर हिल, रोयल सुज, क्रस रोड र डिजे सुज मेलामा रहेका छन् ।

नेपाली उत्पादनलाई प्रबद्र्धन गर्नको लागि देशव्यापी रुपमा मेला तथा शोरुमहरु बिस्तार गर्दै आएको व्यवसायीहरुको समुहले बजारमा पाउनेभन्दा एकदमै सस्तो मुल्यमा गुणस्तरिय जुत्ताचप्पल बिक्रि वितरण गर्नुका साथै स्वदेशमा नै स्तरिय जुत्ता बन्दोरहेछ भनेर प्रमाणित गरिरहेका छन् ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र स्वदेशी उत्पादनका जुत्ताचप्पललाई माया गर्न आफ्नै आँगनमा संचालनमा आएको शोरुममा गएर स्वदेशी जुत्ताचप्पल खरिद गरी मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ ।

जनकपुरमा संचालनमा आएको संयुक्त शोरुमबाट अहिलेको अवस्थामा आर्थिक मन्दी खेपिरहेका उपभोक्ता तथा व्यवसायीलाई राहत दिने संचालकहरुको भनाई छ ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र स्वदेशी उत्पादनका जुत्ताचप्पललाई माया गर्न आफ्नै आँगनमा संचालनमा आएको शोरुममा गएर स्वदेशी जुत्ताचप्पल खरिद गरी मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ ।

को विहीबार जनकपुर उपमहानगरपालिक मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह, जनकपुर उद्योग बाणिज्य महासंघका अध्यक्ष जितेन्द्र महासेठले संयुक्तरुपमा उद्घाटन गरेसँगै संचालनमा आएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *