काठमाडौंको नयाँ बालाजुस्थित बुद्ध मलको प्रांगणमा ‘नयाँ वर्ष जुत्ताचप्पल व्यापार महोत्सव’ सुरु भएको छ ।
नयाँ वर्ष २०८१ लाई लक्षित गरि गत चैत्र २० गतेबाट सुरु भएको मेला करिब १ महिना लाग्ने आयोजकको भनाई छ । मेलामा नेपालका प्रख्यात ८ वटा ब्राण्डहरु रोयल सुज, स्मार्ट सुज, रन सुज, क्रस रोड, बिएफ डियर हिल, फस्ट वाक, कोसेली र डिजे कलेक्सन लगायतका जुत्ताचप्पलका ३ हजार भन्दा बढी डिजाइनका जुत्ताचप्पलहरु राखिएका छन् ।

नेपाली अर्थतन्त्र संकुचन भईरहेको अवस्थामा जुत्ताचप्पलमा नेपाली उत्पादनमार्फत नै आत्मनिर्भर बनाउनु पर्दछ भन्ने उद्देश्यका साथ उत्पादन मुल्यमै जुत्ताचप्पल दिएर आम उपभोक्तालाई साक्षात्कार गर्न मेला आयोजना गरेको बताउँदै उनले नेपालका ११ स्थानमा साझा सोरुम समेत खोलिसकेको जानकारी दिए ।

उनले भने –‘पाँच सय रुपैया लिएर आउनेले पनि मेलाबाट खाली खुट्टा जानु पर्दैन, जुनसुकै ओहोदाका मानिसहरुले पनि हाम्रो जुत्ता लगाउँदा कन्फटेवल फिल गर्नुहुन्छ । जो मान्छेले जस्तो जुत्ता खोज्छ त्यस्तै जुत्ता मेलामा उपलब्ध छ ।’
साथै आगामी दिनमा ‘सिंहदरबारभित्र नेपाली जुत्ता’ भन्ने अभियान नै चलाएर सिंहदरबारदेखि वडा कार्यालयको प्रतिनिधिसम्म नेपाली जुत्ता पु¥याई डेढ वर्षदेखि २ वर्षभित्र नेपाललाई फुट्वेयरमा आत्मनिर्भर बनाउँने लक्ष्य लिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
त्यस्तै फूट्वेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालका पूर्वअध्यक्ष होमनाथ उपाध्ययले नयाँ वर्षको अवसरमा मेलामा सस्तो मुल्यमा नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध गराइएको बताए । उनले आफ्ना ब्राण्डको प्रोमोशनका लागि विशेष छुटका साथ उपभोक्तालाई आकर्षित गर्ने र सोरुमसम्म ल्याउने उद्देश्यसहित मेला आयोजना गरेको बताए ।

मेलामा पार्टीसुज, क्याजुवल सुज, स्पोर्ट सुज, अफिस सुज, स्कुल सुज, बुट, लेदर सुज, लोफर सुज, स्टिल सुज लगायतका जुत्ताहरु भर्खरै मात्र लन्च भएर आएको र सस्तो मुल्यमा वाटेन्टीसहित पाउन सकिने आयोजकको दावी छ ।
मेला आयोजक तथा स्मार्ट र भेनस सुजका प्रवन्ध निर्देशक जीवन श्रेष्ठले हरेक नेपालीहरुलाई सुफत मुल्यमा गुणस्तरिय जुत्ता उपलब्ध गराउने उद्देश्यका साथ बालाजुको बुद्धमलमा सोरुमको सुरुवातसँगै मेलाको समेत आयोजना गरेको बताए ।
‘नेपाली जुत्ता लगाईसकेपछि विदेशीभन्दा कम छैन भन्ने अनुभव हुन्छ एकपल्ट आएर नेपाली जुत्ताघरको सोरुम र मेला आवलोकन गर्न अनुरोध गर्दछु । हामीले ६ महिनाको वारेन्टीसहीत ५० प्रतिशतसम्म छुटको पनि व्यवस्था गरेका छौ’ उनले भने ।
साथै उनले नेपाली जुत्ताघरमा आएर सस्तो मुल्यमा विशुद्ध नेपाली ब्राण्डका जुत्ता चप्पलहरु आएर खरिद गरि नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न समेत आग्रह गरे ।
त्यस्तै अर्का आयोजक बिबेक फूयाँलले उत्पादक कम्पनीले डाइरेक्ट उपभोक्तालाई जुत्ताचप्पल बिक्री वितरण गर्ने र बिचौलीयाहरुले लिने कमिसन कटौती हुने भएकाले उपभोक्ताले सस्तो मुल्यमा गुणस्तरिय जुत्ताचप्पल पाउने बताए ।
उपभोक्ताहरु पनि सस्तो मुल्यमा सोचेजस्तो जुत्ता किन्न पाउँदा मख्ख देखिन्छन् । काठमाडौंका राजकुमार फूँयालले पहिलेदेखि नै आफुले मेलाबाट जुत्ता खरिद गर्ने गरेको बताउदै यसपटक छोराको लागि पनि लगेको बताउँछन् । साथै अरुलाई पनि मेलामा आएर मौकाको फाईदा उठाउँन उनको आग्रह छ ।
नयाँ वर्षलाई लक्षित गरि नेपालका विभिन्न ठाउँमा आयोजना गरिएको यस मेलामा ३ हजार भन्दा बढी डिजाइनका विशुद्ध नेपाली ब्रान्डका जुत्ताहरु एकदमै सस्तो मुल्यमा किन्न पाईने भएको हुनाले अहिले यो मेला ग्राहकहरुको प्रमुख रोजाई बनिरहेको छ ।








